+
+

दाङमा मनोनयन दर्ता सुरु, घोराहीको मेयरमा मालेबाट पाण्डेयको पहिलो उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते १२:५४

११ वैशाख, दाङ । दाङको घोराही उपमहानगरको नगर प्रमुख र उपप्रमुखमा उम्मेदवारी मनोनयन दर्ता सुरु भएको  छ ।

घोराही नगर प्रमुख पदमा पहिलो उम्मेदवारको रुपमा नेकपा (माले)बाट नेत्रप्रसाद पाण्डेय र उपप्रमुख पदमा राधिका क्षेत्रीले मनोनयन दर्ता गराएका छन् ।

त्यस्तै मौलिक जरोकिलो पार्टीबाट दीर्घप्रसाद भण्डारीले मेयरमा उम्मेदवारी दिएका छन् ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिकाको उपप्रमुख पदमा सुशिल गन्दर्भले पाहिलो उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।

त्यस्तै स्वतन्त्रबाट घोराही उपमहानगरको मेयरमामा  वडा न. १५  का श्रीमन न्यौपानेले घोराही निर्वाचन अधिकृतको कार्यालयमा मनोनयनको उम्मेदवारी दर्ता गराएका हुन् ।

त्यस्तै घोराही- १३ को वडाध्यक्षको पदमा राष्ट्रिय जनमुक्ति पार्टीका नरबहादुर घर्ती मगरले उम्मेदवारी दिएका छन् ।

दाङका दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिकामा दलहरुले मनोनयन दर्ताका आइतबारदेखि सुरु भएको छ । स्थानीय तहमा भने मनोनयन दर्ताका लागि दलहरुको सहमतिमा दुई दिने कार्यतालिका छुट्याएको छ ।

घोराही उपमहानगरपालिकामा आइतबार बिहान साढे १० बजेदेखि साढे ५ बजेसम्म साना राजनीतिक दललाई समय दिइएको छ भने सोमबार १२ गते प्रमुख राजनीतिक दललाई मनोनयन पत्र दर्ताको लागि समय तोकिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताए । दाङमा साना ठूला गरी २९ दल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?