+
+

आईपीएलका प्लेअफ खेलहरु कोलकाता र अहमदावादमा खेलाइने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते १३:४३

११ बैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को प्लेअफ चरणका खेलहरु कोलकाता र अहमदावादमा खेलाइने भएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)का अनुसार यी दुई शहरमा पूर्ण दर्शकसहित प्लेअफ खेल हुने भएको छ ।

क्वालिफायर एक र एलिमिनेटरका खेलहरु मे २४ र २५ मा कोलकताको इडेन गार्डेनमा हुनेछ भने क्वालिफायर दुई मे २७ मा अहमदावादस्थित नरेन्द्र मोदी रंगशालामा हुनेछ । सोही मैदानमा फाइनल खेल मे २९ मा हुनेछ ।

हाल आईपीएलको १५औं संस्करणका खेलहरु मुम्बईको वाङखेडे रंगशाला र ब्राबोर्न रंगशाला, नावी मुम्बईको डिवाई पाटिल रंगशाला र पुनेको एमसीए रंगशालामा भइरहेको छ ।

कोरोना महामारीले गर्दा यस पटक चार मैदानमा मात्र लिग चरणका खेल खेलाइएको हो ।

महाराष्ट्रमा सुरुमा २५ प्रतिशत दर्शकलाई प्रवेश अनुमति दिएकोमा पछि बढाएर ५० प्रतिशत बनाइएको थियो ।

बीसीसीआईका अध्यक्ष सौरभ गांगुलीले प्लेअफका खेलहरु शतप्रतिशत दर्शकसहित कोलकता र अहमदावादमा हुने बताए ।

यस्तै गांगुलीले महिला टी-२० च्यालेन्ज मे २४ देखि २८ सम्म लखनउमा हुने पनि जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?