+
+

नेप्से परिसूचक २४ सय नाघ्यो, दर्जन कम्पनीको सेयर मूल्यमा ‘सर्किट’

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते १६:०३

११ वैशाख, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारका लगानीकर्तामा खुशियाली देखिएको छ ।

पछिल्लो समय लागतार घट्दो क्रममा देखिएको सेयर बजार आइतबार भने ४ प्रतिशत भन्दा धेरैले बढेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ९५ दशमलव ४६ अंकले बढेर २४ सय २० दशमलव ९१ अंकमा पुगेको छ ।

नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १७ दशमलव ७४ अंकले बढेको छ । सेन्सेटिभ इन्डेक्स पनि ४ प्रतिशतले नै बढेको हो । उता कारोबार रकम पनि अढाई अर्ब नाघेको छ ।

दिनभर भएका ४३ हजार ४५० कारोबारबाट ६६ लाख ३९ हजार ५०४ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम २ अर्ब ५३ करोड १२ लाख ७५ हजार ५९३ रुपैयाँ पुगेको छ ।

दर्जन कम्पनीको मूल्यमा सकारात्मक सर्किट

सेयर बजार बढ्दा करिब एक दर्जन कम्पनीहरुको सेयर मूल्य अधिकतम सीमा अर्थात १० प्रतिशतले बढेका छन् । धेरै बढ्ने पहिलो नम्बरमा अरुणभ्याली हाइड्रोपावर देखिएको छ । जसको सेयर मूल्य १० प्रतिशतले बढेर ४२० रुपैयाँ २० पैसामा पुगेको छ ।

यसैगरी खानीखोला हाइड्रोपावर, बुटवल पावर कम्पनी, जानकी फाइनान्स लगायतका कम्पनीहरुको सेयर मूल्य पनि १० प्रतिशत भन्दा धेरैले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?