+
+

मिलन स्मृति जुनियर टेबल टेनिस जेठ दोस्रो साता

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते १६:१४

११ वैशाख,काठमाडौं । पूर्व टेबल टेनिस खेलाडी मिलन श्रेष्ठको सम्झनामा मिलन स्मृति जुनियर टेबल टेनिस प्रतियोगिता आयोजना हुने भएको छ ।

स्पिन इभेन्ट्स प्रालीले आयोजना गर्ने प्रतियोगिता जेठ ७ देखि ९ गतेसम्म लौनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । यो प्रतियोगिता नेपाल टेवल टेनिस संघको वार्षिक कार्यक्रमअन्तर्गत हो ।

प्रतियोगितामा जुनियर ब्वाइज सिंगल्स, जुनियर गर्ल्स सिंगल, क्याडेट ब्वाइज सिंगल, क्याडेट गर्ल्स सिंगल, ब्वाइज सिंगल (१२ बर्षमूनि), गर्ल्स सिंगल (१२ बर्षमूनि), मेन्स भेट्रान सिंगल ४० बर्षमाथि, ५० बर्षमाथि र ६० बर्ष माथि गरेर ९ विधामा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा ३ विभागीय टोली सहित देशभरका विभिन्न जिल्ला र क्लबका खेलाडीले सहभागिता जनाउने आइतबार पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । कार्यक्रमको अनुमानित बजेट ९ लाख रुपैंया छ ।

जुनियर ब्वाइज/गर्ल्स तथा क्याडेट ब्वाइज/गर्ल्सतर्फका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः २० हजार, १० हजार र ५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

त्यस्तै ब्वाइज/गर्ल्स सिंगल्स तथा भेट्रान विधामा भने प्रथम द्वितीय र तृतीयले क्रमशः १० हजार, ५ हजार र २५ सय रुपैयाँ पुरस्कार पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?