+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

मेयरमा चुनाव लड्‍न प्रदेशसभा सदस्‍य कुशवाहाले दिए राजीनामा

मधेश प्रदेशका थप एक जना सांसदले राजीनामा दिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते १७:०२

११ वैशाख, जनकपुरधाम । मधेश प्रदेशका थप एक जना सांसदले राजीनामा दिएका छन् ।

नेपाली कांग्रेसबाट सर्लाहीको क्षेत्र नम्बर ४को (ख)बाट निर्वाचित सांसद उपेन्द्रप्रसाद कुशवाहाले राजीनामा दिएका हुन् ।

‘यहाँका जनताको प्रेसर थाम्न सकिनँ’, उनले भने, ‘जुन जनताले मलाई जिताएका हुन् उनैको कुरा मानेर राजीनामा दिएँ ।’

कुशवाहाले सर्लाहीको गोडैटा नगरपालिकाको मेयर पदमा उम्मेदबारी दिन सांसद पदबाट राजीनामा दिएको बताए ।

यसअघि शुक्रबार रौतहटको क्षेत्र नम्बर ४ को ख बाट प्रत्यक्ष निर्वाचित सांसद शेख अबुल कलाम आजादले राजीनामा दिएका थिए । स्वतन्त्र उम्मेदवार भई प्रदेश सांसदमा निर्वाचित उनी पछिल्लो समय जनता समाजवादी पार्टी जसपामा प्रवेश गरेका थिए ।

उनले गढीमाई नगरपालिकाको मेयर पदमा उम्मेदवार बन्‍न सांसद पदबाट राजीनामा दिएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?