+
+

विमानस्थलबाट १४ करोड रुपैयाँ बराबरको खैरो हेरोइन बरामद

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १४ करोड रुपैयाँ मूल्य बराबरको खैरो हेरोइन बरामद भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते १७:१६

११ वैशाख, काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १४ करोड रुपैयाँ मूल्य बराबरको खैरो हेरोइन बरामद भएको छ ।

दक्षिण अफ्रिकाबाट जोनेसवर्ग-कतार हुँदै काठमाडौं आएकी जिम्बाबेइन नागरिक कपुतुला अबिसर्गको साथबाट ७ किलो खैरो हेरोइन बरामद भएको हो ।

ब्यूरोका निमित्त प्रमुख एसपी जीवन श्रेष्ठका अनुसार बरामद खैरो हेरोइनको अन्दाजी मूल्य १४ करोड रुपैयाँ बराबर छ ।

प्रहरीले उनको साथमा रहेको सुटकेश खानतलासी गर्दा फल्स बटम बनाएर लुकाएको अवस्थामा खैरो हेरोइन बरामद गरेको थियो ।

उनलाई पछ्याउँदै गएका ब्यूरोका अधिकृतहरुले लागूऔषध लिन गएकी भारतीय नागरिक लालनुपीलाई पनि पक्राउ गरेको श्रेष्ठले बताए ।

उनका अनुसार पक्राउ परेका दुवैजना विरुद्ध लागूऔषध नियन्त्रण ऐन, २०३३ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?