+
+

माओवादीबाट प्युठान नगरपालिकाको मेयरको टिकट विष्णु योगीलाई

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १२ गते १०:१९

१२ वैशाख, प्युठान । नेकपा (माओवादी केन्द्र)ले प्युठान नगरपालिकाको मेयरको उम्मेदवार टुंगो लगाएको छ ।

माओवादी केन्द्रका प्युठान जिल्ला इन्चार्ज नारायण अधिकारिका अनुसार मेयरको टिकट नगर कमिटी अध्यक्ष विष्णु योगीलाई दिने निर्णय भएको छ । योगी लामो समयसम्म शिक्षण पेसामा संलग्न थिए।

प्युठान नगरपालिकाको मेयरमा बहालवाला नगरप्रमुख अर्जुनकुमार कक्षपतीसहित पाँच जना आकांक्षी थिए । तर, हेभीवेट भनिएका आकांक्षीलाई पछि पार्दै योगीले टिकट पाएका हुन् ।

कांग्रेसले यसअघि नै मेयर पदमा पराजित देवेन्द्र बर्मालाई उपमेयर पदमा अघि सार्ने निर्णय गरिसकेको छ ।

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा प्युठान नगरपालिकामा कांग्रेस, माओवादी र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गरेका छन् । अघिल्लो निर्वाचनमा पनि यो नगरपालिकामा माओवादीले नै जितेको थियो ।

प्युठान नगरपालिकामा कांग्रेसको भागमा ५ वटा वडा परेको छ । कांग्रेसलाई वडानम्बर १, २, ६, ७ र ८, माओवादीलाई वडानम्बर ३, ४ र ९ दिने समझदारी छ । राष्ट्रिय जनमोर्चालाई वडानम्बर ५ र १० को वडाअध्यक्ष दिने सहमति भएको छ ।

नेकपा एमालेले जिल्ला अध्यक्ष विजयविराज बिस्टलाई र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पूर्वप्युठान जिल्ला इन्चार्ज रत्नबहादुर थापा (सूर्य प्रकाश)लाई मेयरको उम्मेदवारको रुपमा अघि सारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?