+
+

सिन्धुपाल्चोकमा माओवादीका दुई पक्षबीच झडप, प्रहरीद्वारा अश्रु ग्याँस प्रहार

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १२ गते १७:०८
फाइल तस्वीर

१२ वैशाख, काठमाडौं । सिन्धुपाल्चोकको चौतारा नगरपालिकामा नेकपा माओवादी केन्द्रबाट टिकट पाउने र नपाउने पक्षबीच झडप भएको छ ।

उम्मेदवारी दर्ता गर्न जाने पक्ष र अर्को पक्षबीच घम्साघम्सी हुँदा स्थितिलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई परिचालन गरिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले अनलाइनखबरलाई बताए ।

उनका अनुसार चौतारामा अहिले केही राउण्ड अश्रूग्याँस पनि प्रहार गरिएको छ । चौतारा माओवादी नेता अमानसिंह तामाङले स्थानीय आवश्यकताका आधारमा भन्दा पनि काठमाडौंमा बस्नेलाई टिकट दिएपछि झडप भएको अनलाइनखबरलाई बताए । उनले भने, ‘मैले पनि स्वतन्त्रबाट उम्मेदवारी दिएको छु ।’

झडपका क्रममा नगरपालिकामा पनि तोडफोड भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?