+
+

धनगढीकाे मेयरमा कांग्रेसका वड र उपमेयरमा माओवादीकी अधिकारीले गरे उम्मेदवारी दर्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १२ गते १७:२९

१२ वैशाख, धनगढी । सत्ता गठबन्धनले धनगढी उपमहानगरपालिकाकाे मेयर र उपमेयरमा उम्मेदवारी दर्ता गराएकाे छ ।

गठबन्धनले मेयरमा धनगढीका निवर्तमान मेयर समेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य नृपबहादुर वड र उपमेयरमा नेकपा माओवादी केन्द्रकी शान्ति अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।

धनगढी चाैराहाबाट बाजागाजासहित संयुक्त र्‍यालीसहित मुख्य निर्वाचन अधिकृतकाे कार्यालय पुगेर उनीहरूले उम्मेदवारी दर्ता गराएका हुन् ।

मेयर र उपमेयरमा गठबन्धन भएपनि धनगढीका १९ वटा वडाहरूमा भने मित्रवत् प्रतिस्पर्धा गर्ने सैद्धान्तिक सहमति दलहरुले गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?