+
+

सातदोवाटोको पौडी पोखरी बुधबारदेखि सर्वसाधारणका लागि खोलिने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १३ गते १९:२८

१३ वैशाख, काठमाडौं । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको पौडी पोखरी बुधबारदेखि सर्वसाधारणका लागि खुल्ने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले पौडी पोखरीको मंगलबार औपचारिक शुभारम्भ गरे । भूकम्पपछि पुनर्निर्माण प्रक्रिया र कोभिडलगायत कारणले ४ वर्षपछि सर्वसाधारणका लागि पहिलो पटक पौडी पोखरी खुल्न लागेको हो ।

पौडी पोखरी तीन सिफ्टमा सञ्चालन गरिने परिसरका प्रमुख देवराज कटुवालले जनाएका छन् । १०–१२, १–३ र ४–७ बजेसम्म गरी तीन सिफ्टमा पौडी पोखरी सञ्चालन गरिने छ । साधारणतर्फ टिकट दर २ सय तथा कम्तीमा १० जनाको समूहका लागि टिकट दर १ सय ५० तोकिएको छ ।

पौडी पोखरीमा लकर, सावर, प्रशिक्षण, लाइफ गार्डलगायतका सुविधा छन् । मासिक, त्रैमासिक र फुल सिजन सदस्यताको पनि व्यवस्था छ । पौडी पोखरीसँगै रहेको हिटिङ पोखरीमा राष्ट्रिय खेलाडीले अभ्यास गर्नेछन् ।

सदस्य–सचिव घिसिङले सुरक्षा, प्रशिक्षणलगायत हरेक दृष्टिकोणले पौडी पोखरी व्यवस्थित ढंगले सञ्चालन गर्न निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?