+
+

आत्महत्या प्रयास गरेको भन्दै उम्मेदवारविरुद्ध उजुरी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १४ गते ९:१६

१४ वैशाख, बुटवल । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका बुटवल वडा नं. २ का वडाअध्यक्षका उम्मेदवार रमेश नेपालसहित ९ जनाविरुद्ध उजुरी परेको छ ।

वडाअध्यक्षमा उम्मेदवारी दिएका नेपाल गत चुनावमा एमालेबाट वडाअध्यक्ष निर्वाचित भएका थिए । २०७६ साल भदौ २१ गते नेपालले आत्महत्या गर्ने प्रयास गरेर अपराध गरेको तथा अख्तियारमा मुद्दा रहेको भन्दै उनीविरुद्ध उजुरी परेको छ ।

आत्महत्या गर्नु अपराध सरह हुने भन्दै स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार वडाअध्यक्षका उम्मेदवार नेपालविरुद्ध उजुरी परेको निर्वाचन कार्यालय स्रोतले बतायो ।

यस्तै बुटवल उपमहानगरमा नेपालसहित पाँच जना वडाअध्यक्ष उम्मेदवारविरुद्ध उजुरी परेको निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ ।

निर्वाचन कार्यालयका अनुसार नेपाली कांग्रेसबाट बुटवल ११ को वडाअध्यक्षमा उम्मेदवारी दिएका जीतबहादुर मल्ल प्रगतिनगर खानेपानी तथा सरसफाइ संस्था तथा विद्युत सहकारी संस्थामा अध्यक्ष भएको भन्दै उजुरी परेको हो ।

यसैगरी कांग्रेसबाटै वडा न. ४ मा उम्मेदवारी दिएका नरिश्वर शर्माविरुद्ध टोल विकास संस्थाको अध्यक्ष भएको भन्दै उजुरी परेको छ । त्यसैगरी अन्य वडाअध्यक्ष र सदस्यहरुलाई टोल समिति, बस्ती विकास समितिमा रहेको र आर्थिक दुरुपयोग गरेको भन्दै उजुरी परेको हो ।

बुटवल निर्वाचन अधिकृतको कार्यालले मंगलबार साँझ पाँच बजेसम्म उजुरी गर्ने समय तोकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?