+
+

रिलिजको १३ औं दिनसम्म ‘केजीएफ-२’ले कति कमायो ?

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १४ गते ११:५७

काठमाडौं । कन्नड फिल्म ‘केजीएफ च्याप्टर २’ले प्रदर्शनको १३ औं दिनमा ९०० करोड भारुको आँकडा पार गरेको छ । फिल्मले चाँडै नै एक हजार करोडको आँकडा छुँदैछ ।

यश स्टारर यो फिल्मले हिन्दी संस्करणमा मात्रै ३३६.१२ करोड भारु कमाइ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बक्स अफिस रिपोर्टअनुसार प्रशान्त नील निर्देशित फिल्मको कमाइ अब दैनिक १० करोडभन्दा तल आउन थालेको छ ।

‘केजीएफ-२’ले शनिबार १८.२५ र आइतबार २२.६८ करोडको व्यापार गरेको थियो । सोमबार र मंगलबार गरेर फिल्मले १५ करोडको व्यापार गरेको छ । १०० करोड भारुमा बनेको यो फिल्मले बक्स अफिसमा थुप्रै रेकर्ड बनाइरहेको छ ।

‘केजीएफ-२’ले रिलिजको तेस्रो हप्तामा शाहिद कपुर अभिनित ‘जर्सी’सँग प्रतिस्पर्धा गर्दैछ । आगामी साता अजय देवगण, अमिताभ बच्चन र रकुल प्रीत सिंह स्टारर ‘रनवे ३४’ र टाइगर श्राफ र तारा सुतारियाको ‘हिरोपन्ती २’सँग पनि प्रतिस्पर्धा गर्नुपर्ने छ ।

‘केजीएफ-२’ मा यशका अलावा सञ्जय दत्त, रविना टण्डन, प्रकाश राज, श्रीनिधि सेट्टी लगायतको मुख्य भूमिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?