+
+

उचाइको मापदण्ड घटाइएपछि मिस नेपालमा आवेदन दिने सुन्दरीको घुइँचो

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १५ गते १७:०६

काठमाडौं । मापदण्डमा परिमार्जन गरिएपछि मिस नेपालमा भाग लिन चाहने युवतीको संख्यामा ह्वात्तै वृद्धि भएको छ । आयोजक द हिडन ट्रेजरका अनुसार बिहीबार दिउँसोसम्म ७०० जना सुन्दरीले आवेदन दिएका छन् ।

कम्पनी निर्देशक प्रमोद कंसाकारका अनुसार उचाइ र उमेरको मापदण्डमा परिमार्जन गरिएपछि भाग लिन चाहने सुन्दरीको संख्यामा वृद्धि देखिएको हो । यसपटक वैशाख ३१ गतेसम्म आवेदन सकिनेछ ।

प्रतियोगीको उचाइ एक इन्च घटाएर ५ फिट ३ इन्च तोकिएको छ । उमेर पनि १८ वर्षदेखि २७ वर्ष कायम गरिएको छ । उचाइ र उमेरको मापदण्डमा हिडन ट्रेजर लचिलो भएपछि सुन्दरीको आकर्षण मिस नेपालमा देखिएको हो ।

‘यसपटक मापदण्डमा हामी लचिलो भएपछि आवेदन दिनेको संख्यामा वृद्धि भएको पाएका छौं,’ कंसाकारले अनलाइनखबरसँग भने, ‘किनभने यसअघिका संस्करणमा उमेर र हाइटको बन्देजले धेरैले इच्छा भएर पनि अप्लाइ गरेका थिएनन् । यसपटक भने सजिलो भएको छ ।’

पोखरा र वीरगञ्जमा अडिसन सम्पन्न भइसकेको छ भने नेपालगञ्ज, सुर्खेत, धनगढी र धरानमा अडिसन हुने तयारी छ । आगामी असार ४ गते ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा मिस नेपालको ग्रान्ड फिनाले हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?