१६ वैशाख, पोखरा । पोखरा महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका तीन जनामध्ये एक जनाले उम्मेदवारी कायम राखेका छन् ।
बागी उम्मेदवारी दिएका ऋषिराम सापकोटा र नन्दप्रसाद तिवारीले उम्मेदवारी फिर्ता लिए भने विमल कार्कीले भने उम्मेदवारी कायम राखेका छन् ।
निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिने समय शुक्रबार अपरान्ह ५ बजेसम्मको लागि तोकेको थियो । अहिले पोखरा महानगरपालिकाको निर्वाचन कार्यालयले दावी विरोध फिर्ता लिने समय सकिएको भन्दै मुख्य गेट बन्द गरिसकेको छ । तर ५ बजेसम्म कार्की उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतको कार्यालयमा आएका छैनन् ।
सापकोटा र तिवारीले भने आफूहरुले गठबन्धनको विरुद्धमा उम्मेदवारी दिए पनि अन्तिममा पार्टी अनुशासन मानेर उम्मेदवारी फिर्ता लिएको बताएका छन् ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4