+
+

जनकपुरधाममा कांग्रेसका दलित महिला सदस्य निर्विरोध निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १८ गते १२:१३

१८ वैशाख, जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसबाट दलित महिला सदस्यमा उम्मेदवारी दिएकी एक महिला निर्विरोध निर्वाचित भएकी छन् ।

उपमहानगरपालिकाको वडा नम्बर ५ मा दलित महिला सदस्य पदमा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएकी रिपु कुमारी निर्विरोध भएको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।

यो वडामा दलित महिला सदस्यमा रिपुको एकल उम्मेदवारी परेकाले उनलाई निर्वाचन ऐन २०७३ को दफा २५ बमोजिम निर्विरोध निर्वाचित गरिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?