+
+
Shares

एन्फालाई अल्मुताइरीको पत्र : १० खेलाडीलाई मैले माफी दिएँ, कारबाही नगर्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १८ गते १४:०३

१८ वैशाख, काठमाडौं । राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफूमाथि आरोप लगाउने १० खेलाडीलाई माफी दिएको बताएका छन् । साथै उनले अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरलाई पत्र लेखेर ती खेलाडीलाई कारबाही नगर्न आग्रह गरेका छन् ।

एसिया कप छनोटका लागि बन्द प्रशिक्षणमा रहेका रोहित चन्दसहित १० खेलाडीले प्रशिक्षक अल्मुताइरीमाथि गम्भीर आरोप लगाएका थिए । उनीहरुका अनुसार होस्टलको सेवा सुविधा सुधार गर्न आग्रह गर्दा प्रशिक्षक अल्मुताइरीले रोहित चन्दलाई घर पठाएका थिए । रोहितले आफूहरुकै आग्रहमा धारणा राखेको भन्दा आफूहरुलाई पनि बन्द प्रशिक्षणबाट निकालेको  उनीहरुको दाबी छ ।

तर अल्मुताइरीले एन्फालाई लेखेको पत्रमा यसबारे केही बोलेका छैनन् । आफूविरुद्ध खेलाडीहरुले दिएको अभिव्यक्ति भने अपमानजनक भएको उनले उल्लेख गरेका छन् । एन्फा महासचिवलाई लेखेको पत्रमा उनले भनेका छन्, ‘खेलाडीहरुले मेरोविरुद्ध गरेको अपमानजनक टिप्पणीका लागि माफी दिन्छु । र, विनम्रतापूर्वक अनुरोध गर्छु कि यी खेलाडीहरुलाई उनीहरुको गल्तीका लागि दण्डित नगरियोस् ।’

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले खेलाडीहरुले आफ्नो अनुमति विना बन्द प्रशिक्षण छाडेकाले उनीहरुलाई एसिया कप छनोटको टिमबाट हटाएको बताएका छन् । खेलाडीहरु विशाल श्रेष्ठ, अनन्त तामाङ, अन्जन विष्ट, विमल घर्तीमगर, दिनेश राजवंशी, सुमन लामा, रोहित चन्द, सुजल श्रेष्ठ, तेज तामाङ, विशाल राईले प्रशिक्षकको व्यवहारको विरोध गर्दै बन्द प्रशिक्षण छाडेका थिए ।

साथै छनोटमा नेपालले गर्ने प्रदर्शनको आफूले जिम्मेवारी लिने समेत उनले बताएका छन् ।

Results

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?