+
+

पोखरामा लौरो चिन्ह माग्दै निर्वाचन कार्यालय अगाडि प्रदर्शन, अटेरी समूहका खड्का पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १८ गते १८:०९

१८ वैशाख, पोखरा । निर्वाचन अधिकृतको कार्यालय अगाडि नाराबाजी गरेको आरोपमा कास्की प्रहरीले सोमबार एकजनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले पोखराका अशोक खड्कालाई नियन्त्रणमा लिएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले नियन्त्रणमा लिएर कारबाही अगाडि बढाउन निवेदन गरेकोले आफूहरुले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।

‘मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट पक्राउ गरी कारबाही गरिपाऊँ भनेर निवेदन आएको थियो । त्यसैको आधारमा अनुसन्धानका लागि नियन्त्रणमा लिएका हौं’ डीएसपी तिवारीले भने ।

निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा २० को १ घ अनुसार खड्कालाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए ।

उक्त दफाअनुसार उम्मेदवार वा मतदाता वा निजहरुमध्ये कसैको सरोकार वा स्वार्थ भएको कुनै व्यक्ति वा निर्वाचन अधिकृत वा निर्वाचनमा संलग्न कर्मचारीलाई प्रभाव पार्न धाक, धम्की वा डरत्रास देखाउन नहुने उल्लेख छ ।

खड्कालगायत आइतबार अटेरी नामक अभियानका टोलीले पोखराको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका खडकबहादुर (गनेस) पौडेलले चुनाव चिन्ह ‘लौरो’ पाउनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए ।

निर्वाचन आयोगले पौडेललाई आइतबार बिहान लौरो चुनाव चिन्ह दिएको थियो । तर, दिउँसो प्राविधिक त्रुटिका कारण उक्त चिन्ह दिन नमिल्ने भन्दै फिर्ता बोलाएको थियो । त्यसपछि आक्रोशित बनेका अटेरी अभियानका अभियानताले मुख्य निर्वाचन अधिकृतको कार्यालय अगाडि नाराबाजी गरेका थिए ।

चुनाव चिन्ह वर्णानुक्रममा लौरो आठौं नम्बरमा पर्ने तर, पोखरामा मेयर पदका उम्मेदवार ७ जनामात्रै भएकाले लौरो चिन्ह नबाँड्न आयोगले नै परिपत्र जारी गरेको मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले जानकारी दिए ।

तर, अटेरी समूहको नाराबाजीपछि निर्वाचन अधिकृत कार्यालयले अन्तिममा पुनः लौरो चिन्ह नै मेयर प्रत्याशी गनेस पौडेललाई वितरण गरेको थियो । पोखरामा लौरो चुनाव चिन्ह प्रदान गरिएकै कारण आयोगले मतपत्रमा थप एक लहर बढाउनुपर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?