+
+

सप्तरीमा अध्यक्ष र उपप्रमुखमा २१ वर्षका उम्मेदवार

श्रवण देव श्रवण देव
२०७९ वैशाख १८ गते २०:५४
तिरहुतका अध्यक्षका उम्मेदवार राजकुमार रजक (बाँया) र बोदे बर्साइनका उपप्रमुखकी उम्मेदवार पुनीताकुमारी साह ।

१८ वैशाख, सप्तरी । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि सप्तरीमा २१ वर्षका दुई जना उम्मेदवार बनेका छन् ।

तिरहुत गाउँपालिकाका अध्यक्ष र बोदे बर्साइन नगरपालिकाकी उपप्रमुखकी उम्मेदवारको उमेर २१ वर्षको रहेको निर्वाचन कार्यालयहरुले जनाएका छन् ।

तिरहुत गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट २१ वर्षका रामकुमार रजक उम्मेदवार बनेका छन् । उनी १ असार २०५७ मा जन्मिएका हुन् ।

‘म डेढ बर्षअघि मात्रै पार्टी प्रवेश गरेको हुँ’ रजक भन्छन्, ‘तर, पार्टीले मलाई अध्यक्ष पदमा उम्मेदवार बनाएपछि खुशी छु’ उनी भन्छन् । ल्याब असिष्टेन्ट पढेका रजकले एक बर्ष काभ्रेपलाञ्चोक करारमा काम गरेका थिए ।

‘करारको जागिर सकिएपछि दुई बर्षअघि घर आएँ । त्यही बेला आगलागीले घर सखाप भयो’ उनी भन्छन्, ‘कतैबाट सहयोग पाइएन । त्यही बेला एक्कासी राजनीतिमा छिर्ने मन भएपछि माओवादीमा लागेँ ।’

उनलाई माओवादीले गाउँपालिका कमिटीको सदस्य बनाएको थियो ।

आफू जितेमा स्वास्थ्य र शिक्षा क्षेत्रलाई मजबुत बनाउने उनको भनाइ छ । ‘गाउँपालिकाको शिक्षा र स्वास्थ्यको अवस्था कहालीलाग्दो छ’ उनी भन्छन्, ‘आफू जितेमा सबैभन्दा पहिला यही दुई वटा क्षेत्रको सुधार गर्दै कृषिमा व्यापक काम गर्नेछु ।’

२१ वर्षकै उपप्रमुख उम्मेदवार

बोदे बरसाइन नगरपालिकामा नेपाली कांग्रेसबाट उपप्रमुखकी उम्मेदवार पुनीताकुमारी साह पनि २१ वर्षकी छन् ।

उनी २०५७ साल मंसिर १० गते सिरहाको औरही गाउँपालिका–४ मा जन्मिएकी हुन् । उनी कमलेश कुमार साहसँग विवाहपछि सप्तरी आएकी हुन् ।

जनताले आफूलाई उपमेयर पदको जिम्मेवारी दिए शिक्षा क्षेत्रमा सुधार, सिँचाइको व्यवस्था, कृषिमा आधुनिकरण गर्ने उनले बताइन् ।

‘नेपाली कांग्रेसले युवा पुस्तालाई नेतृत्व दिन यति कम उमेरमै मलाई उम्मेदवार बनाएकोमा खुशी लागेको छ’ उनी भन्छिन्, ‘विजयी भएमा नगरपालिकामा कर्मचारी प्रशासन व्यवस्थित गर्ने, फनपार्क निर्माण गर्ने, वारुणयन्त्र र नगरवासीका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउनेछु ।’

पुनिता हाल बीबीएस दोस्रो बर्षमा अध्ययनरत छिन् ।

लेखकको बारेमा
श्रवण देव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?