+
+

एन्फा प्रदेश कमिटीको निर्वाचन स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १९ गते १९:२६

१९ वैशाख, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले सातवटै प्रदेश कमिटीको पूर्वनिर्धारित निर्वाचन कार्यक्रम स्थगित गरेको छ ।

यसअघि एन्फाले वैशाख १९ देखि २४ गतेसम्म प्रदेश कमिटीको निर्वाचन गर्ने कार्यतालिका प्रकाशन गरेको थियो ।

एन्फाका महासचिव इन्द्रमान तुलाधरले सातै प्रदेश कमिटीका नाममा पत्र लेख्दै चुनावी कार्यक्रम विविध कारणले स्थगित गर्नुपरेको जानकारी गराएका छन् ।

एन्फाले प्रदेश कमिटीको निर्वाचनका लागि वैशाख १३ गते पत्राचार गरेको थियो । यसबीचमा जिल्ला कमिटीको निर्वाचन सम्पन्न नभएकाले प्रदेशको चुनाव स्थगित गरिएको हो । सुर्खेत र गोरखा जिल्ला फुटबल संघको चुनाव गर्न बाँकी छ ।

एन्फाको नयाँ नेतृत्वका लागि असार ६ गते निर्वाचन हुँदैन । त्यसका लागि प्रदेशबाट मतदान प्रतिनिधिहरु आउनेछन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?