+
+

महालेखा परीक्षक भन्छन् : आर्थिक सुशासन कायम हुन नसक्नुमा राजनीतिज्ञदेखि व्यवसायीसम्म दोषी 

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २० गते १७:४५
फाइल तस्वीर

२० वैशाख, काठमाडौं । महालेखा परीक्षक टंकमणि शर्माले पछिल्लो समय मुलुकमा आर्थिक सुशासन कायम हुन नसक्नुमा राजनीतिज्ञदेखि व्यवसायीसम्म दोषी रहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा सुरु भएको नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको पहिलो राष्ट्रिय सम्मेलनमा बोल्दै महालेखा परीक्षक शर्माले यस्तो बताएका हुन् । उनले सरकारले गरेका कामको विषय वा गल्ती कमजोरी थाहा पाए पनि कार्यान्वयन गर्न नसकिएको बताए ।

मुलुकमा आर्थिक अनुशासन नहुनु, जनतामा सुशासनको प्रत्याभूति हुन नसक्नु, भ्रष्टाचार बढ्नु, अनियमिता हुनु कुनै एक क्षेत्र मात्रै दोषी नभए समग्र क्षेत्र दोषी रहेको उनले बताए ।

नेपाली समाजले अहिले विकास निर्माण, शिक्षा, स्वाथ्य, रोजगारी, राज्य वा सरकारले आफ्नो शासकीय भूमिका पूर्ण रुपमा निवार्ह गरी पारदर्शिता, जवाफदेहिता, भ्रष्टाचारमुक्त र मुद्राको सार्थकता खोजेको समेत शर्माले बताए । उनले नेपाली लेखा परीक्षक अन्तर्राष्ट्रिय लेखा व्यवसायीहरुले पत्याउन योग्य बन्नु पर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?