+
+

राष्ट्रिय क्लब लिग भलिबलमा आर्मीको लगातार तेस्रो जित

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २० गते २०:५९

२० बैशाख, काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले छैटौं आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लबको लिग अन्तर्गत पुरुषतर्फ लगातार तेस्रो जित हासिल गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा मंगलबार भएको आर्मीले गल्कोट स्पोर्ट्स क्लबलाई २५–१२, २५–११ र २५–२२ ले हरायो ।

आर्मीले यसअघि एपीएफ र गण्डकीलाई पराजित गरेको थियो । लगातार तीन जितसहित ९ अंक जोडेको आर्मी पुरुषतर्फ शीर्ष स्थानमा छ ।

पुरुषतर्फ नै अर्को विभागीय टोली नेपाल पुलिस क्लब र हेल्प नेपालले पनि लगातार दोस्रो जित हात पारे । मंगलबार पुलिसले ढोरपाटन स्पोर्ट्स क्लबलाई सोझो सेटमा हरायो । पुलिसले ढोरपाटनलाई २५-११, २५ -२०, २५-११ ले हरायो । लगातार दोस्रो जितपछि ६ अंक जोडेर पुलिस दोस्रो स्थानमा छ ।

गल्कोट र ढोरपाटनले लगातार तेस्रो हार बेहोरेका हुन् ।

यस्तै पाँच सेट चलेको रोमाञ्चक खेलमा हेल्प नेपालले गण्डकी प्रदेशलाई १३–२५, २७–२५, २८–२६, १४–२५, १५–१३ ले हरायो । लगातार दोस्रो जित निकाले पनि पाँच सेटसम्म खेल चलेकाले हेल्प नेपालले यस खेलबाट २ अंक मात्र जोड्न सक्यो । दुई खेलबाट ५ अंक जोडेर हेल्प नेपाल तेस्रो स्थानमा छ ।

पराजित भएपनि यस खेलमा १ अंक जोडेको गण्डकी ४ अंकसहित चौथो स्थानमा छ ।

महिलामा एपीएफ र एभरेष्टको पहिलो जित

लिगको महिलातर्फ मंगलबार एपीएफ र एभरेष्ट क्लब बुटवले पहिलो जित निकालेका छन् ।

मंगलबार बिहान भएको विभागीय क्लबबीचको खेलमा एपीएफले आर्मीलाई ३-१ को सेटमा हरायो । राखेपको कभर्डहलमा भएको खेलमा एपीएफले आर्मीलाई २७–२५, १३–२५, २५–२१,२५–२३ को सेटमा पराजित गर्‍यो । एपीएफ पहिलो खेलमा नेपाल पुलिससँग पराजित भएको थियो ।

पहिलो जितपछि एपीएफले दुई खेलबाट ३ अंक जोडेको छ । पराजित आर्मीको पनि ३ अंक नै छ ।

महिलामै एभरेष्ट क्लब, बुटवलले न्यू डायमन्ड एकेडेमीमाथि रोमाञ्चक जित निकाल्यो । पाँच सेट सम्म चलेको खेलमा एभरेष्ट २-१ को सेटमा पछि पर्दा पनि अन्तिम दुई सेट लगातार जित्दै खेल जितेको हो । एभरेष्ट क्ललबे न्यू डायमण्डलाई २६–२४, १३–२५, २०–२५, २५–२१, १५–१३ ले हरायो ।

जितपछि एभरेष्टले २ अंक जोडेको छ भने पराजित न्यू डायमण्डले १ अंक जोडेको छ ।

नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगिताको खेलहरु सिंगल राउण्ड रोविनका आधारमा भइरहेको छ । लिगमा महिलातर्फ ५ र पुरुषतर्फ ७ टिम सहभागि छन् ।

महिला र पुरुष दुवैमा सिंगल राउण्ड रोविनको खेलपछि धेरै अंक जोड्ने टिम च्याम्पियन बन्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?