+
+

बालबालिकाका लागि आमाको स्पर्श कति महत्वपूर्ण ?

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २१ गते ११:५९

अंकमाल गर्दा, हात समाउँदा र स्पर्श गर्दा हामी मनोवैज्ञानिक रुपबाट प्रोत्साहित हुन्छौं । जसलाई भावनात्मक सुख र स्वस्थ विकासको लागि निकै महत्वपूर्ण मानिन्छ । स्पर्शसँग सुख र स्वस्थता मात्रै जोडिएको हँदैन । यसले रोमाञ्चकता समेत प्रदान गर्छ ।

कसैलाई सकरात्मक तवरले खुसीसाथ छुँदा वा सुम्सुम्याउँदा शरीरमा एक किसिमको सकारात्मक तरंग पैदा हुन्छ । यस किसिमको स्पर्शले काम गर्ने ऊर्जा प्रदान गर्नुका साथै शारीरिक र मानसिक रुपमा समेत सकारात्मक प्रभाव छाड्छ ।

अमेरिकाको वासिङ्टन विश्वविद्यालयको स्कुल अफ मेडिसिनका अनुसन्धाताले छालाको माध्यमबाट मस्तिष्कसम्म पुग्ने (सुखद् स्पर्श) सर्किट पत्ता लगाएका छन् । यसले स्पर्शको महसुस गराउन मद्दत गर्छ ।

यसका साथै अनुसन्धाताले न्युरोपैप्टाइडको पनि खोजी गरेका छन् । यसले कोषहरुमा स्पर्शका संकेत पठाउने गर्छ । यसले केमिकल म्यासेन्जर अर्थात् सुखद स्पर्शको महसुसलाई प्रसारित गर्ने काम गर्छ ।

अनुसन्धानको नेतृत्व गरेका विश्वविद्यालयका डा. झोउफेङ चेनले सबै स्तनधारीहरुमा सुखद् स्पर्शको महसुस अति आवश्यक रहेको बताएका छन् । सुखद् स्पर्शले भावना साटासाट मात्रै गरिंदैन । यसले दुःख समेत कम गर्ने गर्छन् ।

बालबालिकाको पालनपोषणको तरिका पनि स्पर्श हो । मृत्यु भएका व्यक्तिको हात समाउनु निकै सशक्त र आभास दिने हुने उनले बताएका छन् ।

जनावरले स्पर्शको माध्यमबाट एकअर्काको रेखदेख गर्छन् भने मानिस एकअर्कालाई अंकमाल गरेर हात मिलाएर भावना साटासाट गर्छन् । यही कारण स्पर्श, मसाज वा थेरापीले दुःख वा दर्द कम गर्छन् । साथै मानसिक तथा शारीरिक रुपमा अशक्तहरुलाई फाइदा पुग्छ ।

शोधमा चेनले प्रोकिनेक्टिन–२ नामक न्युरोपैप्टाइड विना मुसामा प्रजनन् गराएका थिए । जसका कारण मुसाले सुखद् स्पर्शको महसुस गर्न सकेन । तर उसले केही प्रतिक्रिया भने अवश्य देखाएको थियो ।

जन्मसिद्ध सुखद स्पर्श संवेदनाको कमी भएका मुसा गम्भीर तनावमा गएको अनुसन्धानले देखाएको छ । सुखद् स्पर्शले सन्तानको वृद्धि विकासमा उल्लेखनीय भूमिका खेल्छ ।

स्पर्शले आफ्नोपनको आभास दिलाउनुका साथै प्रेम तथा भावना प्रसारित गराउने काम गर्छ । सुखद् स्पर्शका कारण जनावरले सन्तानलाई चाट्ने गर्छन् । जसबाट उनीहरुलाई राहत तथा सन्तुष्टि प्राप्त हुन्छ ।

डा. सुदर्शन बस्नेत आमाको स्पर्श बालबालिकाका लागि निकै महत्वपूर्ण रहेको बताउँछन् । ‘आमाको स्पर्शले बालबालिकालाई खुसी र स्वस्थ मात्रै बनाउँदैन,’ उनी भन्छन्, ‘यसले शारीरिक विकासका साथै मानसिक विकासमा पनि ठूलो योगदान पुर्‍याउँछ ।’

आमाको स्पर्शलाई ‘फस्ट लाइन ट्रिटमेन्ट’ पनि भनिन्छ । स्पर्शका कारण बालबालिकाको शरीर मात्रै स्वस्थ नभई मानसिक विकास समेत हुन्छ । आमाले बालबालिकालाई स्पर्श गर्दा, सुमसुम्याउँदा, अंकमाल गर्दा, हातखुट्टा चलाइदिंदा शरीरमा सकारात्मक हर्मोन सञ्चार हुने डा. बस्नेत बताउँछन् ।

यस किसिमको स्पर्शले बालबालिकाको शरीरकोे विकास र मानसिक रुपमा उनीहरुलाई प्रेम दर्शाउने, खुसी रहने, हाँस्ने बनाउने र आनन्द महसुस गराउने काम गर्छ । स्पर्शको कारण बालबालिकाको आमाको स्नेह र स्पर्श बुझ्ने, माया प्रेम र भावनालाई गाढा बनाउने समेत काम गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?