+
+

गर्भपतन गराउन जाने कर्मचारीलाई अमेजनले बाटो खर्च दिने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २१ गते १३:१४

इ-कमर्श कम्पनी अमेजनले अमेरिकामा कार्यरत आफ्ना कर्मचारीहरूको स्वेच्छिक गर्भपतनलगायतका विभिन्न उपचारका क्रममा लागेको बाटो खर्च व्यहोर्ने भएको छ ।

अमेजनले आफ्ना कर्मचारीहरूलाई पठाएको सन्देशमा आफ्नो नजिकमा उपलब्ध नभएका उपचारहरूका लागि टाढाका विभिन्न अस्पतालहरूमा जानुपर्ने कर्मचारीहरूलाई वार्षिक चार हजार अमेरिकन डलरसम्म भ्रमण खर्च उपलब्ध गराउने उल्लेख गरेको छ ।

अमेजन सँगै अन्य विभिन्न अमेरिकी कम्पनीहरूले पनि कर्मचारीहरूको स्वेच्छिक गर्भपतनलाई सहज बनाउनका लागि यस्ता विभिन्न योजनाहरू ल्याइरहेका छन् ।

अमेरिकामा गर्भपतनका विषयमा बढ्दो असहजता तथा बन्देजकाबीच अमेजनको यस्तो घोषणा सार्वजनिक भएको हो ।

गर्भपतनलगायतका उपचारको भ्रमण खर्च व्यहोर्ने अमेजनको यो निर्णय गत जनवरी १ देखि नै लागू हुनेछ ।

कर्मचारीहरूको निवासको १०० माइलको क्षेत्रभित्र वा भर्चुअल्ली पनि त्यस्तो स्वास्थ्य सेवा उपलब्ध नभएको अवस्थामा मात्र कर्मचारीहरूलाई उपचारका लागि जाँदा-आउँदा लाग्ने भ्रमण खर्च शोधभर्ना दिइनेछ ।

नयाँ नियमले स्वेच्छिक गर्भपतनसँगै मोटोपना घटाउने सम्बन्धी उपचार, क्यान्सर, जन्मेको एक महिनाभित्रको बच्चामा रहेको वंशाणुगत समस्या, मानसिक समस्याको उपचारलगायतका लागि समेत भ्रमण खर्च उपलब्ध गराइनेछ ।

स्मरण रहोस् अमेजन अमेरिकामा सबैभन्दा धेरै कर्मचारी भएको निजी क्षेत्रको कम्पनीमध्ये एक हो ।

अमेरिकामा अमेजनका पूर्णकालीन तथा आंशिक समय काम गर्ने गरी ११ लाख कर्मचारी छन् । तीमध्ये अधिकांश क्यालिफोर्निया, टेक्सास र वाशिंटनमा रहेका छन् ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?