+
+

नेपाल खेलकुद पत्रकार मञ्चमा देवेन्द्र निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २१ गते २०:४९

२१ वैशाख, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को नेतृत्वमा दुर्गानाथ सुवेदी (देवेन्द्र) ले निरन्तर पाएका छन् ।

बुधबार काठमाडौंमा भएको एनएसजेएफको १७ औं वार्षिक साधारण सभा तथा इलेक्टोरल कंग्रेसबाट सुवेदी आगामी तीन वर्षको लागि अध्यक्षमा निर्वाचित भएका हुन् । सुवेदीले ५८ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी प्रकाश तिमल्सिनाले ३३ मत पाए ।

यस्तै प्रथम उपाध्यक्षमा निरन्जन अधिकारी, उपाध्यक्षमा सन्जीव शिल्पकार र गोविन्द रेग्मी, महासचिवमा प्रज्वल ओली, सचिवमा अञ्जन खड्का र कोषाध्यक्षमा सुजन श्रेष्ठ निर्विरोध निर्वाचित भए ।

खुला सदस्यमा अनिल मल्ल ठकुरी, कुशल तिमल्सिना र निशाल राई निर्वाचित भए भने महिला सदस्यमा मुना कार्की निर्वाचित भइन् ।

अनिलले ६८, निशानले ६५ र कुशलले ५३ मत प्राप्त गरे । सदस्यका अर्का प्रत्यासी सञ्जीव शाहले २८ मत पाए । महिला सदस्यमा विजयी मुनाले ६२ मत प्राप्त गर्दा उनका प्रत्याशी लक्ष्मी जिसीले ३१ मत पाइन् ।

मञ्चका कुल सदस्य १०० जना रहेकामा नेपालमा उपलब्ध भएका ९८ सदस्य मध्येबाट ९४ मत खसेको थियो ।

निर्वाचित पदाधिकारीलाई नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य विकास कार्कीले प्रमाणपत्र प्रदान गरे ।

अध्यक्षमा निर्वाचित देवेन्द्र सुवेदीले अघिल्लो कार्यकालमा पूरा गर्न नसकेका काम अबको तीन वर्षको कार्यकालमा पूरा गर्नेगरी गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै उनले एनएसजेएफले नयाँ गति लिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?