+
+

सुनको मूल्य एकैदिन तोलामा १४ सय रुपैयाँले बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २२ गते ११:३८

२२ वैशाख, काठमाडौं । बिहीबार एकैदिन सुनको मूल्य तोलामा एक हजार ४ सय रुपैयाँले बढेको छ । बुधबार स्थिर रहेको सुनको मूल्य बिहीबार भनै एकै पटक धेरै मूल्यले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य ९८ हजार ६ सय रुपैयाँ तोकिएको छ । बुधबार छापावाल सुनको मूल्य ९७ हजार २ सय रुपैयाँ थियो ।

यस्तै आज तेजावी सुनको मूल्य ९८ हजार एक सय रुपैयाँ तोकिएको छ भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १३ सय पाँच रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?