+
+

‘डक्टर स्ट्रेन्ज-२’को आक्रामक अग्रिम टिकट बिक्री, ‘लक्का जवान’ र ‘षट्कोण’को के छ ?

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २२ गते १२:०८

काठमाडौं । हलिउड सुपरहिरो फिल्म ‘डक्टर स्ट्रेन्ज-२’को आक्रामक अग्रिम टिकट बिक्री र दबदबाबीच शुक्रबार दुई नयाँ फिल्म प्रदर्शन हुँदैछन् । शिवहरि पौड्याल निर्देशित ‘लक्का जवान’ र कार्मको मुख्य भूमिका रहेको साइकोलजिकल थ्रिलर ‘षट्कोण’ रिलिज हुँदैछन् ।

बुधबार बेलुका खोलिएको अग्रिम टिकट बिक्रीमा बेनेडिक्ट कम्बरब्याच स्टारर ‘डक्टर स्ट्रेन्ज’को दोस्रो सिक्वेलले आक्रामक सुरुवात गरेको छ । क्यूएफएक्स मल्टिप्लेक्समा शुक्रबार र शनिबारसम्मै ८० प्रतिशत टिकट बिक्री भइसकेको छ ।

बिग मुभिज मल्टिप्लेक्समा समेत शुक्रबार बेलुकासम्मकै शो हाउसफुल हुने देखिएको व्यवस्थापक दीपेश शर्माले बताए । नयाँ बानेश्वरको वान सिनेमाजमा समेत यस्तै ट्रेन्ड देखिएको छ ।

‘लकडाउनपछि रिलिज हुन लागेको डक्टर स्ट्रेन्ज-२ हलिउडको प्रतीक्षित फिल्म हो । यसले पनि आक्रामक ओपनिङ गर्ने देखिएको छ,’ शर्माले अनलाइनखबरसँग भने, ‘शुक्रबार र शनिबार बेलुकासम्मकै शो पूरै हाउसफुल हुने ट्रेन्ड देखिएको छ ।’

अग्रिम टिकट बिक्रीमा रिलिज हुन लागेका दुई नेपाली फिल्मको प्रस्तुति भने शून्य नै छ । दर्शकले काउन्टरमै पुगेर नेपाली फिल्मको टिकट लिने प्रचलन रहेकाले पनि नेपाली फिल्मको हकमा अग्रिम टिकट बिक्री नहुने हल सञ्चालक बताउँछन् ।

रिलिज हुन लागेका दुई नेपाली फिल्मले मल्टिप्लेक्समा ‘डक्टर स्ट्रेन्ज’को तुलनामा निकै न्यून शो पाएका छन् । गत साता रिलिज भएको सौगात मल्ल स्टारर ‘मन्त्र’ले पनि बक्स अफिसमा निकै न्यून व्यापार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?