+
+

अमेरिकाले नेपाललाई दियो ७९ अर्ब ७१ करोड अनुदान

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २२ गते १५:४०

२२ वैशाख, काठमाडौं । अमेरिकाले नेपाललाई ७९ अर्ब ७१ करोड रुपैयाँ अनुदान दिने निश्चित भएको छ । आगामी ५ वर्ष भित्र खर्च गर्ने गरी अन्तराष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (यूएसआईडी)मार्फत नेपालले यो रकम प्राप्त गर्ने भएको छ ।

उक्त सहयोग उपलब्ध गराउने सम्बन्धमा अर्थ मन्त्रालय र यूएसआइडीबीच बिहीबार अर्थ मन्त्रालायमा आयोजित एक कार्यक्रममा हस्ताक्षर भयो ।

यो रकम नेपाललाई मध्यम आययुक्त मुलुकमा स्तरोन्नती हुने नेपालको प्रयासमा खर्च हुने बताइएको छ । सम्झौतामा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख इश्वरीप्रसाद अर्याल र यूएसआइडीका नेपाल निर्देशक सेपिदेश केवंशदले हस्ताक्षर गरेका छन् ।

यो सहायता नेपालको शिक्षा, स्वास्थ्य, दीगो उर्जा र कृषि विकासमा उपयोग गरिने मन्त्रालयले जनाएको छ । अनुदानका सबै कार्यक्रम बजेटको रातो किताबमा प्रकाशित गरि पारदर्शी रुपमा कार्यान्वयन हुने समेत मन्त्रालयले वनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?