+

गर्भवती अवस्थामा कोरोना संक्रमण भए समय अगावै बच्चा जन्मिन सक्छ ?

२०७९ वैशाख  २२ गते १८:५२ २०७९ वैशाख २२ गते १८:५२
गर्भवती अवस्थामा कोरोना संक्रमण भए समय अगावै बच्चा जन्मिन सक्छ ?

काठमाडौं । कोरोना भाइरस संक्रमणको चौथो लहर विश्वका विभिन्न मुलुकमा फैलिरहेको छ । संक्रमण बढेका कारण चीनका केही सहरमा लकडाउन गरिएको छ भने भारतमा पनि संक्रमितको संख्या दिनहुँ बढिरहेको छ ।

जनस्वाथ्य विज्ञहरु कोरोना भाइरसको संक्रमण फेरि फैलिने आशंका व्यक्त गरिरहेका छन् । वैज्ञानिकले कोरोना भाइरसका कारण महिलालाई अस्पताल र आईसीयूमा भर्ना हुन जोखिम हुने बताएका छन् । क्यानडाको युनिभर्सिटी अफ ब्रिटिस कोलम्बिया (यूबीसी)ले गरेको एक अध्ययनमा गर्भवती महिलालाई कोरोना संक्रमण भएमा समयभन्दा पहिला नै बच्चा जन्मिने बताएको छ ।

यूबीसीले गरेको उक्त अध्ययन जर्नल अफ द अमेरिकन मेडिकल एसोसिएसनमा प्रकाशित भएको छ । अनुसन्धानमा कोरोना संक्रमण भएका ६ हजार १२ जनालाई सहभागी गराइएको थियो । अनुसन्धानमा सहभागी गराइएका महिलामध्ये ४६६ जना अस्पताल भर्ना भएका थिए भने १२१ जना आईसीयूमा भर्ना भएका थिए । ३५.७ प्रतिशत महिलामा गर्भ रहेको १८ देखि ३७ साताबीचमा थाहा भएको थियो ।

आईसीयूमा भर्ना हुनुको खतरा उमेर र उच्च रक्तचाप जस्तो कोमोब्रिडिटिजमा निर्भर रहने वैज्ञानिकले दाबी गरेका छन् । तर यो खतरा कोरोना भाइरस विरुद्धको दुवै डोज खोप लगाइसकेका महिलालाई कम हुने उनीहरुले दाबी गरेका छन् ।

‘कोरोनाका कारण अस्पताल भर्ना भएका महिलाहरुको समय अगावै बच्चा जन्मिने खतरा हुन्छ । यसबाट बालबालिकालाई भविष्यमा विभिन्न समस्या आउन सक्छन्, जो आजीवन रहिरहन सक्छ,’ यूबीसीको अनुसन्धानमा सहभागी डा. एलिजाबेथ म्याक कलायमोन्टले भनेकी छन् ।

यूबीसीका प्रोफेसर डेबोराह मनीले कोरोना विरुद्धको खोप आमा र बच्चा दुवैका लागि अति आवश्यक भएको बताएका छन् । कोरोना संक्रमणबाट बच्न स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्नुपर्ने उनी बताउँछन् ।

अमेरिकाको स्वास्थ्य एजेन्सी सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार गर्भ बस्नु भन्दा पहिले वा बसिसकेपछि पनि कोरोना विरुद्धको खोप लगाए समस्याबाट बच्न सकिने बताएको छ । गर्भवती महिलाले खोप नलगाए गर्भमा हुर्किरहेको बच्चाले वृद्धि विकासमा विभिन्न जटिलता र समस्याको सामना गर्नुपर्ने सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले बताएको छ ।

कोरोना भाइरस गर्भवती
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय