
आईएमई ग्रुपद्वारा प्रवर्द्धित आईएमई डिजिटल सोलुसन लिमिटेडअन्तर्गत सञ्चालित ‘आइएमई पे’ र गोल्डस्टारबीच सम्झौता भएको छ।
हालै राजधानी काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गरी उक्त सम्झौता सम्पन्न गरिएको हो।
सम्झौताअनुसार गोल्डस्टार जुत्ताहरूको खरिदमा अब आईएमई पेमार्फत भुक्तानी गर्दा ३० प्रतिशतदेखि ३ सय रुपैयाँसम्मको छुटको व्यवस्था मिलाइएको छ।
सम्झौतापत्रमा आईएमई पेको तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेत र गोल्डस्टारको तर्फबाट ई–वाणिज्य प्रमुख प्रवेश मिश्राले हस्ताक्षर गरे।
शुक्रबारका दिनदेखि सुरु हुने यो सीमित समयको अफर हो जसमा गोल्डस्टार जुत्ता गोल्डस्टारको वेबसाइटबाट खरिद गर्दा वेब चेकआउटमा र गोल्डस्टार जुत्ताका भौतिक आधिकारिक शोरुमहरूमा स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा ३० प्रतिशतदेखि ३ सय रुपैयाँसम्मको छुट रहेको छ ।
आईएमई पेका सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेतले यो सम्झौताले निकै उत्साहित भएको बताए।
उनले सोही सम्झौताबाट पुरानो प्रयोगकर्ताहरुको साथै नयाँ प्रयोगकर्ताहरुलाई डिजिटल प्रविधि चलाएर गोल्डस्टार जुत्ता खरिद गर्दा छुटको फाइदा उठाउन प्रोत्साहन दिनेछन् भन्ने कुरामा विश्वस्त रहेको बताए।
गोल्डस्टारका ई–वाणिज्य प्रमुख प्रवेश मिश्राले आईएमई पेसँगको सहकार्य आउँदा दिनहरुमा अझै बढाउँदै लाने कुरामा विश्वस्त रहेको उल्लेख गरे।
प्रतिक्रिया 4