+
+

८७३ एम्पुल लागू औषधसहित पर्साबाट युवक पक्राउ

प्रहरीले ८७३ एम्पुल लागू औषधसहित एकजनालाई पक्राउ गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २३ गते १५:००

२३ वैशाख, पर्सा । प्रहरीले ८७३ एम्पुल लागू औषधसहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत विहारका मोतिहारी थाना रामगढवा बेल्का १० का २२ वर्षीय युवक असरफ रहेका छन् ।

उनको साथबाट प्रहरीले २९१ एम्पुल नुरफिन, २९१ एम्पुल फेनेरगन, र २९९ एम्पुल डाइजेपाम गरी ८७३ एम्पुल लागूऔषध बरामद गरेको छ ।

पक्राउ परेका उनलाई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?