+
+

पब्लिक युथलाई ह्याट्रिक उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २३ गते १७:३३

२३ वैशाख, काठमाडौं । आयोजक पब्लिक युथ क्याम्पसले लगातार तेस्रो पटक टीयू बीबीए कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

काठमाडौँ स्थित मुलपानी क्रिकेट मैदानमा सम्पन्न फाइनलमा पब्लिक युथले कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एण्ड इन्फर्मेसन टेक्नोलोजी (केसीएमआईटी )लाई  १२ रनले पराजित गर्‍यो । पब्लिक युथले दिएको १५० रनको लक्ष्य पछ्याउने क्रममा केसीएमआईटीले पुरै २० ओभर ब्याटिङ गरेर ८ विकेटको क्षतिमा १३७ रन मात्र बनायो ।

केसीएमआईटीको ब्याटिङमा सुवास सापकोटाले सर्वाधिक ५३ रन तथा अमित मरहट्टाले ३१ रन बनाए । पब्लिक युथका बलर दिवश भट्टराई र सुशान्त सिंहले २/२ विकेट तथा रबिन साउद र सुबोध लामिछानेले १/१ विकेट लिए।

टस जितेर ब्याटिङ गरेको पब्लिक युथ क्याम्पसले २० ओभरमा ४ विकेट क्षतिमा १४९ रन बनाएको थियो ।

पब्लिक युथको ब्याटिङमा रबिन साउदले सर्वाधिक ६२ रन बनाए । उनले ३९ बलमा ४ चौका र ४ छक्का प्रहार गरेका थिए । यस्तै इर्शाद अलीले २२, निरञ्जन ढकालले १७ तथा सुनिल थापाले १५ रन बनाए । केसीएमआईटीका बलर सक्षम उप्रेती, सुवास सापकोटा र सवन भण्डारीले १/१ विकेट लिए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी पब्लिक युथका रबिन साउद घोषित भए । यस्तै उत्कृष्ट बलर पब्लिक युथका दिवस भट्टराई र उत्कृष्ट ब्याट्सम्यान सुशान्त सिंह घोषित भए ।

उपाधिसंगै पब्लिक युथ क्याम्पसले ८५ हजार रुपैयाँ तथा उपविजेता केसीएमआईटिले ३५ हजार रुपैयाँ प्राप्त गर्‍यो । विजेता खेलाडीहरुलाई नेपाल क्रिकेट संघ ( क्यान ) का कोषाध्यक्ष रोशन कुमार सिंहले पुरस्कार वितरण गरे ।

म्यान क्यान डुले आयोजना गरेको प्रतियोगितामा त्रिभुवन विश्वविद्यालयका १८ क्याम्पस सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?