News Summary
Generated by OK AI. Editorially reviewed.- आईसीसी क्रिकेट विश्वकप लिग-२ को तयारीमा रहेको नेपाली टोलीले जर्सीविरुद्धको दोस्रो अभ्यास खेलमा जितका लागि २८३ रनको लक्ष्य पाएको छ।
- टस हारेर पहिले ब्याटिङ गरेको जर्सीले ५० ओभरमा ६ विकेट गुमाएर २८२ रन बनाएको छ जसमा प्याट्रिक गजले सर्वाधिक ९५ रन जोडेका छन्।
- नेपालका लागि बलिङतर्फ करण केसी र सन्दीप लामिछानेले दुई-दुई विकेट लिएका छन् भने ललित राजवंशीले एक विकेट हात पारेका छन्।
३१ असार, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ को तयारीमा रहेको नेपाली क्रिकेट टोलीले जर्सीसँगको दोस्रो अभ्यास एकदिवसीय खेल जित्न बलियो लक्ष्य पाएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जर्सीले ५० ओभरमा ६ विकेट गुमाएर २८२ रन बनाउँदै नेपाललाई २८३ रनको लक्ष्य प्रस्तुत गरेको हो ।
जर्सीका लागि प्याट्रिक गजले सर्वाधिक ९५ रन बनाए । ह्यारिसन कारिलोनले ५६, ज्याक ट्राइबले ५० तथा निक ग्रीनवूडले ३२ अनि जोन्टी जेनरले २७ रन बनाए ।
नेपालका लागि करण केसी र सन्दीप लामिछानेले २-२ विकेट लिँदा ललित राजवंशीले १ विकेट लिए ।
नेपालले पहिलो खेलमा जर्सीलाई ८१ रनले पराजित गरेको थियो ।
नेपालले यसपछि नेदरल्यान्ड्समा गएर नामिबिया पनि सम्मिलित लिग २ को त्रिदेशीय शृङ्खला खेल्नेछ । शृङ्खला जुलाई २१ देखि सुरु हुनेछ ।
प्रतिक्रिया 4