+
+

यस्तो कम्पनी जसले कर्मचारीको जीवनसाथी खोजिदिन्छ, बिहेपछि तलब बढाउँछ

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २४ गते ९:५१

भारतको तमिलनाडुमा एउटा यस्तो सूचना प्रविधि कम्पनी छ जसले आफ्ना कर्मचारीहरूको जागिरसँगै उनीहरूको पारिवारिक योजनाको पनि जिम्मा लिइरहेको छ ।

उक्त कम्पनीले आफ्ना अविवाहित कम्पनीका लागि बेहुला बेहुली खोजिदिने समेत काम गर्दछ । साथै बिहे पश्चात् कर्मचारीको घर गृहस्थी बसाउने जिम्मेवारी पनि कम्पनीले लिने गरेको छ । गज्जब त के भने आफूकहाँ कार्यरत कर्मचारीको बिहे भएसँगै कम्पनीले उक्त कर्मचारीको तलबभत्ता समेत बढाइदिने गरेको छ ।

टाइम्स अफ इण्डियाको रिपोर्ट अनुसार ग्लोबल टेक्नोलोजी सोलुसन प्रोभाइडर कम्पनी श्री मुकाम्बिका इन्फोसोलुसनले आफ्ना अविवाहित कर्मचारहिरुका लागि जिवनसाथी खोज्नमा सहयोग गर्दछ ।

तलिमनाडुको मदुरइ शाखाका कर्मचारीहरूलाई कम्पनीले यो विशेष सुविधा दिने गरेको छ । उक्त कम्पनी सन् २००६ मा सिवकासीमा स्थापना भएकोमा सन् २०१० मा मदुरइमा आफ्नो कार्यालय सारेको थियो ।

यो कम्पनीले वाषिर्क १ अर्ब भारु आम्दानी गर्ने गरेको छ । आफ्ना कर्मचारीहरूलाई विशेष अफर दिनुपर्ने कुरामा आफूले विश्वास गर्ने कम्पनीका सीईओ सेल्भागणेश बताउँछन् ।

उनका अनुसार सुरुवातमा कम्पनीका लागि गुणस्तरीय जनशक्ति भर्ना गर्न निकै गाह्रो भएसँगै उनले कर्मचारीहरूलाई विशेष सुविधा दिने व्यवस्था सुरु गरेको थियो । यस्तो कार्यपछि कम्पनीमा कर्मचारीहरूको कार्य उत्प्रेरणामा वृद्धि भयो र कम्पनीको कार्यसम्पादन स्तर ह्वात्तै बढ्यो ।

सीईओ सेल्भागणेशले कम्पनीका सबै कर्मचारीलाई आफ्नो परिवारको सदस्य ठान्दछन् । कम्पनीका कर्मचारीहरू पनि सीईओलाई पनि आफ्नो दाजुभाइजस्तै मान्दछन् ।

सीईओ गणेशका अनुसार कम्पनीमा कतिपय कर्मचारीहरू टाढाटाढाबाट आएर त्यहीँ बसेर जागिर गर्दछन् । यस्तोमा उनीहरूको विवाहका लागि पारिवारिक छलफल तथा उपयुक्त जिवनसाथी खोज्नमा पनि समस्या हुने गर्दछ । त्यसैले कम्पनीले अलायन्स मेकर्सको माध्यमबाट त्यस्ता कर्मचारीका लागि सुहाउँदो जिवनसाथी खोजिदिन सहयोग गर्ने गरेको छ ।

बिहेपछि खर्च बढ्ने भएकोले जीवन चलाउन सहज होस् भनेर कर्मचारीको तलब पनि बढाइने गरिएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?