+
+

सोमपाल र करण चम्किंदा जिम्बाब्बे ८७ रनमै अलआउट

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २४ गते १२:२१

२४ वैशाख, काठमाडौं  । दोस्रो एक दिवसीय खेलमा नेपालले कसिलो बलिङ गर्दै जिम्बावे एलाई ८७ रनमा अलआउट गरेको छ ।

टस जितेर फिल्डिङ रोजेको नेपालले जिम्बावे एलाई झिनो योगफलमा समेटेको छ । नेपालका बलर सोमपाल कामी र करण केसीले कसिलो बलिङ गर्दा जिम्बावेले १२ ओभरमा ६ विकेट गुमायो ।

जिम्बावे एका लागि महत्वपूर्ण ब्याटर जोनाथन क्याम्पवेल २७ सर्वाधिक रन बनाउँदै रन आउट भए ।  ओपनर इनोसेन्ट कैया करण केसीको बलमा आसिफ शेखबाट क्याच आउट भए । ताडिवानाशे मारुमानी ४ रनमै विकेटकिपर विनोद भण्डारीबाट क्याच आउट भए ।

चेपाश झुवाओलाई आशिफले क्याच आउट गराए । रोय कैया ४ रनमा र लुके जङ्ग्वे ८ रनमा बोल्ड आउट भए । बनार्ड इभान्सले २० रनमा अविजित रहे  । भिक्टर न्युचि शुन्य रनमा स्टम्पिङ भए ।

नेपालका लागि करण केसी र सोमपाल कामीले समान तीन/तीन विकेट लिए । सन्दीपले २ र सागर ढकालले एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?