+
+

सत्ता गठबन्धन चुनावमा धाँधली गर्न लाग्यो : बादल

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २४ गते १८:३५

२४ वैशाख, चितवन । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनमा धाँधली गर्न खोजेको आरोप लगाएका छन् ।

चितवनको भरतपुरमा नेकपा एमालेले आइतबार गर्ने चुनावी सभाको पूर्वसन्ध्यामा एमाले प्रचार विभागले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सत्ता गठवन्धन पराजय हुने डरले निर्वाचनमा धाँधली गर्ने दाउमा लागेको आरोप लगाएका हुन् ।

भरतपुरमा सत्तारुढ दलका नेताहरुले दिएको अभिब्यक्तिप्रति टिप्पणी गर्दै उपाध्यक्ष थापाले एमालेको विजय सुनिश्चित जस्तो देखेपछि दक्षिणपन्थी गठबन्धन उत्तेजित भएर निर्वाचन जित्न अनेक हत्कण्डा अपनाउने रणनीतिमा रहेको बताए ।

‘भरतपुर र डडेल्धुरामा उनीहरुले के के गरेका छन्, के के भनेका छन् थाहै छ, गठबन्धनलाई नजिताउने हो भने दुर्घटना हुनसक्छ भनेर जनता तर्साउने, उत्तेजित पार्ने काम गरिरहेका छन्’ नेता थापाले भने ।

आउने निर्वाचन दक्षिणपन्थी शक्ति र अग्रगामी समाजवादी शक्तिका बचको भीषण संघर्ष भएको नेता थापाले बताए । अहिलेको सरकार विकास र समृद्धिलाई कसरी रोक्ने भन्नेतर्फ लागेको भन्दै नेता थापाले सरकारले देशलाई आर्थिक संकटतर्फ धकेल्न थालेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?