+
+

कामीरिता शेर्पाको अर्को कीर्तिमान, २६ औं पटक सगरमाथा आरोहण

अच्युत पुरी अच्युत पुरी
२०७९ वैशाख २४ गते १९:३३
कामी रिता शेर्पा । फाइल तस्वीर

२४ वैशाख, काठमाडौं । कामीरिता शेर्पाले २६ औं पटक सगरमाथाको आरोहण गरेर कीर्तिमान कायम गरेका छन् । उनी आइसफल डाक्टरको ११ सदस्यीय टोलीको नेतृत्व गर्दै शनिबार सगरमाथा शिखरमा पुगेका आरोहणको व्यवस्थापन गरिरहेको सेभेन समिटले जानकारी दिएको छ ।

उनीसहितको टोली सगरमाथा आरोहणका लागि बाटो बनाउँदै र डोरी टाँग्दै शिखरमा पुगेको हो ।

सोलुखुम्बुको थामेमा सन् १९७० मा जन्मेका कामी रिताको नाममा सन् २०१८ देखि सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरेको कीर्तिमान कायम छ । उनले मे १६ २०१८ मा २२ औं पटक सगरमाथा आरोहण गर्दै आप्पा शेर्पाको कीर्तिमान तोडेका थिए ।

त्यतिबेला शेर्पाले आफ्नो काम नै सगरमाथा चढ्ने भएकाले स्वास्थ्यले साथ दिएमा अर्को कीर्तिमान बनाउने बताएका थिए ।

१३ मे १९९४ मा पहिलो पटक सगरमाथा चुचुरो चुमेका कामीरिताको नाममा ८ हजार मिटर अग्ला चुचुरोमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान समेत रहेको छ ।

कामीरितासँगै सगरमाथा पुगेका अन्य आरोहीमा सोना शेर्पा, निग्मा तासी शेर्पा । फुर्वा छिरिङ शेर्पा, तेञ्जिङ ग्याल्जेन शेर्पा, लाक्पा तेन्जी शेर्पा छन् ।

यस्तै फुर्वा कुसाङ शेर्पा, मिग्मा दाण्डु शेर्पा, पासतेञ्जी शेर्पा, तारेमान तामाङ र फुर्वा छोतार पनि कामीरितासँगै सगरमाथा चुचुरोमा पुगेका छन् ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?