+
+

टौदहमा ऋतुगत हाइकु यात्रा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २५ गते १२:०४

काठमाडौं । कीर्तिपुरको टौदहमा ऋतुगत हाइकु यात्रा गरिएको छ । वसन्त ऋतु र मच्छिन्द्रनाथको रथयात्राको सन्दर्भ जोडेर नेपाल हाइकु केन्द्रले हाइकु यात्रा आयोजना गरेको हो ।

त्यस अवसरमा विभिन्न २० जना हाइजिनहरुले स्थलगत रुपमै हाइकु रचना गरी वाचन समेत गरेको कार्यक्रमका सञ्चालक शिरोमणि दवाडीले जानकारी दिए ।

कार्यक्रममा हास्य व्यंग्य लेखक एवं नेपाल हाइकु केन्द्रका अध्यक्ष रामकुमार पाँडेले हाइकुको विकास र विस्तार जापानबाट भए पनि अहिले यसको विश्वव्यापी लोकप्रियता रहेको बताए ।

प्राकृतिक बिम्ब प्रयोग गरी १७ अक्षरमा लेखिने खँदिलो साहित्य भएकाले यसको सिर्जना गर्न साधना नै हुनुपर्ने भन्दै उनले ऋतु र प्रकृतिको सम्बन्ध रहेकाले यात्रा हाइकुलाई जोड दिएको बताए ।

टौदहको इतिहास र सुन्दरताबारे वर्णन गर्दै हाइकु लेखनलाई एक घण्टा समय दिइएको थियो । त्यसपछि हाइजिनहरुले त्यस अवधिमा आफूले रचेका १०-१० हाइकु वाचन गरेर सुनाएका थिए ।

कार्यक्रममा रामकुमार पाँडे, शिरोमणि दवाडी, रामदयाल राकेश, मित्रबन्धु पौडेल, घनश्याम गौतम ‘नक्कली प्रचण्ड’, किशोर बज्र बज्राचार्य, पशुपति दँगाल, विजयराज आचार्य, चन्द्रकला शाह, विष्णु तिवारी, शान्ति सापकोटा, गोपाल नेपाल, किरण पौडेल, अशोकमान सिंह, सरस्वती पन्त, यादव ढुङ्गाना र पत्रकार सानु घायल लगायतका श्रष्टाहरूले हाइकु सिर्जना प्रस्तुत गरे ।

त्यस अवसरमा डा. मित्रबन्धु पौडेलको अंग्रेजी हाइकु संग्रह ‘आउट पौरू’ र डा. यादव ढुङ्गानाको कविता संग्रह ‘भावना-२’को समेत विमोचन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?