+
+

‘लक्का जवान’ र ‘षट्कोण’को कमजोर व्यापार, वितरक भन्छन्- चुनावले असर गर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २५ गते १२:१३

काठमाडौं । दुई नेपाली फिल्म ‘लक्का जवान’ र ‘षट्कोण’ले घरेलु बक्स अफिसमा कमजोर ओपनिङ गरेका छन् । तर हलिउड सुपरहिरो फिल्म ‘डक्टर स्ट्रेन्ज इन मल्टिभर्स अफ म्याडनेस’ले आक्रामक ओपनिङ गरेको छ ।

शिवहरि पौड्याल निर्देशित फिल्म ‘लक्का जवान’को दुईदिने कारोबार १८ लाख ग्रस रहेको वितरक गोपाल कायस्थले जनाए । ‘अपेक्षाअनुसार फिल्मले कमाउन सकेन । चुनावको असर फिल्ममा देखिएको छ,’ उनले भने, ‘माहोल नै चुनावमय हुँदा दर्शक हलसम्म पुग्न कठिन देखिएको छ ।’

कार्म स्टारर ‘षट्कोण’ले समीक्षा राम्रो पाए पनि निकै कमजोर ओपनिङ गरेको छ । वितरण स्रोतका अनुसार फिल्मको दुईदिने कमाइ १० लाख रुपैयाँ ग्रस जति छ । हप्तैपिच्छे विदेशी फिल्मको दबदबाबीच रिलिज भइरहेका नेपाली फिल्मलाई हलसम्म दर्शक तान्न कठिन भइरहेको छ ।

बेनेडिक्ट कम्बरब्याच स्टारर ‘डक्टर स्ट्रेन्ज २’ले शुक्रबार र शनिबार हाउसफुल व्यापार गर्‍यो । फिल्मको अग्रिम टिकट बिक्री नै उच्च देखिएको थियो । आइतबार पनि फिल्मको अग्रिम टिकट बिक्रीमा उच्च गिरावट छैन ।

‘यसअघि केजीएफ, आरआरआरदेखि डक्टर स्ट्रेन्जसम्मका ठूला फिल्मले गर्दा उसै त असर परेको थियो, त्यसमाथि चुनावी माहोलले पनि दर्शक घटेजस्तो देखिएको छ,’ वितरक कायस्थले भने, ‘अब मनसुन सिजन पनि सुरु हुने क्रममा छ र यसले प्रभावित तुल्याउन सक्छ ।’

वितरकले नेपाली फिल्ममा चुनावको असरलाई कारण माने पनि अंग्रेजी फिल्म ‘डक्टर स्ट्रेन्ज’ले चाहिं राम्रो व्यापार गरिहेको छ । अघिल्लो साता रिलिज भएको सौगात मल्ल एक सातामै ठूला हलबाट उत्रिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?