+
+

फेयर ब्रेकमा प्रभाव छाड्दै नेपालकी सीता राना मगर

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २६ गते १३:२५

२६ वैशाख, काठमाडौं । युएईको दुबईमा भइरहेको फेयरब्रेक इन्भिटेसनल क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय टिमकी अलराउण्डर सीता राना मगरले उत्कृष्ट प्रदर्शन गरेकी छन् ।

नेपालबाट कप्तान रुविना क्षेत्री र सीता यस प्रतियोगितामा छानिएका थिए । तर सीताले लगातार तीन खेल खेल्दै दोस्रो पटक विकेट लिन सफल भइन् । रुविनाले भने एक खेलमा अवसर पाएपनि ब्याटिङ र बलिङ गर्न पाएकी छैनन् ।

सीताले तीन खेल खेल्दा तीनवटै खेलमा बलिङ गरिन् भने दुई खेलमा विकेट लिइन् ।

संयोग कस्तो भए पछिल्लो खेल सीता समावेश टोर्नाडोज र रुविना समावेश ब्रामी आर्मीबीच थियो । उक्त खेलमा सीता पहिलो रोजाइमा खेल्दा रुविना भने बेन्चमा थिइन् । सीताले आफ्नो टिमका लागि एक विकेट लिइन् । तर खेल भने रुविना सम्मिलित ब्रामी आर्टी टिमले जित्यो ।

खेलमा २ ओभर बलिङ गरेकी सीताले २४ रन खर्चेर १ विकेट लिइन् । उनले ८ रन बनाएकी लाउरा वलभार्डलाई एलबीडब्लु धरापमा पारिन् ।

यद्यपि डिएन्ड्रा डोटनिको अविजित ५६ र काभिसा एभोडेजले ४३ रन बनाएपछि ब्रामी आर्मीले टोर्नोडाजलाई २५ बल अगावै ८ विकेटले हरायो । कप्तान हेथर नाइटले ९ बलमा अविजित २० रन जोडिन् ।

त्यसअघि टोर्नाडोजका लागि कप्तान स्टेफानी टेलरले अविजित ७८ र सुने लुसले अविजित ६६ रन बनाएका थिए । यी दुईले अविजित १४५ रनको साझेदारी गरेपछि टोर्नोडाजले २ विकेट गुमाएर १५० रन बनाएको थियो ।

सीताले लगातार तीन खेल खेल्दा आफ्नो प्रभाव देखाइसकेकी छिन् । उनले पहिलो खेलमै साफिर्स विरुद्ध अवसर पाउदा १ विकेट लिएका थिए । वारियर्स विरुद्धको खेलमा भने उनले विकेट लिन सकेनन् ।

डेढ दशकदेखि क्रिकेट खेल्न थालेकी सीताले पहिलो पटक विदेशमा गएर प्रतियोगिता खेलिरहेकी छन् ।

उनले सुरुमा आफूलाई फुटबल खेल्न मन लागेपनि त्यसमा धेरै प्रतिस्पर्धा भएकोले क्रिकेटतर्फ मोडिएको फेयरब्रेकसँगको कुराकानीमा बताएकी छन् । ‘म फेयर ब्रेकमा खेल्न पाउँदा भाग्यमानी अनुभव गर्छु ।’

उनले सुरुमा पहिलो खेलमा मैदान प्रवेश गर्दा नर्भस भएको बताइन् । उनले जर्सीमा नेपालको झण्डा राखेपछि नेपाललाई प्रतिनिधित्व गर्न पाउँदा खुशी लागेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?