+
+

काठमाडौं-३२ मा सत्ता गठबन्धनको तालमेल : वडाध्यक्ष एकीकृत समाजवादीलाई

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २६ गते १३:३८

२६ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नं. ३२ मा सत्ता गठबन्धनका प्रमुख तीन दलले चुनावमा सहकार्य गर्ने निर्णय गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले सहकार्य गर्ने निर्णय गरेका हुन् ।

अब वडाध्यक्षकी उम्मेदवार एकीकृत समाजवादीकी सीता कँडेल पराजुली सत्ता गठबन्धनको आधिकारिक उम्मेदवार बनेकी छन् । त्यस्तै महिला सदस्यकी उम्मेदवार एकीकृत समाजवादीकी सरिता खनाल, खुला सदस्यमा नेपाली कांग्रेसका सुवास रिमाल र रुद्रकुमार लाकौल गठबन्धनको आधिकारिक उम्मेदवार बनेका छन् ।

कांग्रेस वडा सभापति सुभास चन्द्र पराजुली, माओवादी केन्द्रका संयोजक रामसुन्दर श्रेष्ठ र एकीकृत समाजवादीकी वडाध्यक्ष सीता कँडेल (पराजुली)ले चुनावी तालमेल सम्बन्धी प्रतिबद्धतामा सोमबार हस्ताक्षर गरेका छन् ।

प्रतिबद्धता पत्रमा लेखिएको छ, ‘…यही वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनमा लोकतान्त्रिक आन्दोलन र आन्दोलनका उपलब्धिहरुको रक्षा गर्ने दलहरुबीच केन्द्रदेखि स्थानीय तहसम्म गठबन्धन गर्ने सहमति अनुसार हामीले यस वडा नं. ३२ मा सदभावपूर्ण सहकार्यका साथ अगाडि बढ्ने निर्णय गरेका छौं ।’

वडा नं. ३२ को वडा अध्यक्षमा नेकपा एमालेका नवराज पराजुली, जसपाका नमिता देव, नेकपा माओवादी केन्द्रका राम भारती र एकीकृत समाजवादीकी सीता देवी कँडेल (पराजुली) लगायतका उम्मेदवारहरु छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?