+
+

प्रधानमन्त्री देउवा डडेल्धुरामा, मतदान गरेर काठमाडौं फर्किने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २७ गते ९:१८

२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मतदान गरेर मात्रै डडेलधुराबाट काठमाडौं फर्किने भएका छन् ।

चुनावी सभामा सहभागी हुन देउवा अहिले गृहजिल्ला डडेलधुरामा छन् ।

‘प्रधानमन्त्री अब मतदान गरेर मात्रै काठमाडौं फर्किनुहुन्छ,’ उनका प्रेस संयोजक गोविन्द परियारले भने ।

उनले आज सदरमुकाम बिहान साढे १० बजे अमरगढीको र दिउँसो २ बजे परशुराम नगरपालिकाको सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?