+
+

लगातार दुई दिन बढी विदा भए अस्पताल र विभिन्न सरकारी निकाय खुल्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २७ गते १६:३२

२७ वैशाख, काठमाडौं । सरकारले लगातार दुई दिनभन्दा बढी भएमा अस्पतालसहितका कार्यालयहरु खुल्ने व्यवस्था मिलाउने भएको छ । सरकारले लगातार तेस्रो दिन पनि सार्वजनिक विदा हुने अवस्थामा विभिन्न सरकारी निकाय अस्पतालहरुको सेवा सञ्चालन गर्ने व्यवस्था गर्ने गरी राजत्रपमा सुचना प्रकाशित गरेको छ ।

आगामी १ जेठबाट आइतबार पनि सार्वजनिक विदा दिनेबारे सरकारले प्रकाशित गरेको राजपत्रले सेवाग्राहीको चाप हुने सरकारी निकायहरुलाई  शनिबार र आइतबार लगत्तैको दिनहरुमा अरु विदा परेमा सेवा सञ्चालन गरिराख्ने गरी व्यवस्था गरिने उल्लेख छ । दशैं तिहारको विदामा भने यो व्यवस्था लागू हुने छैन ।

सरकारले परीक्षणको रुपमा हप्तामा दुई दिन विदा दिने गरी सोमबार देखि शुक्रबारसम्म कार्यालय समय बिहान ९.३० बजे देखि अपरान्ह ५.३० बजेसम्म निर्धारण गने व्यवस्था गरेको छ । तर, कात्तिक १६ गते देखि माघ १५ गतेसम्म कार्यालय समय बिहान ९.३०. बजे देखि अपरान्ह ४.३० बजेसम्म रहने व्यवस्था छ ।

राजपत्रमा २०७९ सालको लागि निर्धारण गरिएका दशैं र तिहारका सार्वजनिक विदा बाहेक अन्य विदा लगातार दुई दिनभन्दा बढी भएमा सार्वजनिक सेवा प्रवाह गर्ने अस्पताल र स्वास्थ्य चौकी, रोपवे, टेलिफोन, प्रहरी, विद्युत, खानेपानी, अध्यागमन, वारुणयन्त्र, टक्सार, रेडियो नेपाल, नेपाल टेलिभिजन, मुद्रण विभाग, कन्सुलर सेवा, राहदानी सेवा, हुलाक, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, सीमा प्रशासन कार्यालय, बैकिङ सेवा, आन्तरिक राजस्व, भूमिसुधार तथा मालपोत कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, भन्सार कार्यालय र स्थानीय तहले तेस्रो दिनदेखि गृह मन्त्रालयले समय निर्धारण गरे बमोजिम सेवा प्रवाहको व्यवस्था गर्ने उल्लेख छ । विदाका दिनमा काम गरेका कर्मचारीलाई सट्टा विदाको व्यवस्था गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?