+
+

३ दिनकी सुुत्केरीको हेलिकोप्टरबाट उद्धार

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २७ गते १७:५२

२७ वैशाख, हुम्ला । घाँटी भित्र पिलो आएर सिकस्त भएकी तीन दिने सुत्केरीको हेलिकप्टबाट उद्धार गरिएको छ ।

सर्केगार्ड गाउँपालिका–४ दुल्ली गाउँकी २४ वर्षीया चन्दा थापालाई हेलिकप्टरबाट सुर्खेत अस्पताल लगिएको  जिल्ला अस्पताल हुम्लाकी वरिष्ठ अनमी सरिता बोहराले जानकारी दिइन् ।

घाँटी भित्र पिलो आएर थुक निल्न र स्वास फेर्न नसक्ने भएपछि उद्धार गरिएको उनले बनाइन् ।

पिलोको उपचार उपकरण तथा अक्सिजनको अभावका कारण जिल्लामा उपचार गर्न नसकिने भएपछि चिकित्सकहरुको सुझावमा जिल्ला बाहिर रिफर गरिएको हो ।

कुनै पनि महिलाको सुत्केरी भएको सात दिनसम्म जुन सुकै रोगले पीडित भए पनि सरकारी खर्चमा नै हेलिकोप्टरबाट उद्धार गर्न सकिने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?