+
+

सी डिभिजन क्लब आरसी-३२ एकेडेमीलाई डेढ लाख जरिवाना

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २७ गते १८:३१

२७ वैशाख, काठमाडौं । जारी शहीद स्मारक ‘सी’ डिभिजन लिग खेलिरहेको आरसी-३२ फुटबल एकेडेमीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक लाख ५० हजार जरिवाना गरेको छ ।

एन्फाको अनुशासन कमिटीले ‘सी’ डिभिजन लिग अन्तर्गत पुल्चोक स्पोर्ट्स क्लबविरुद्धको खेलमा अनुशासनहीन कार्य गरेको भन्दै आरसी-३२ लाई १ लाख ५० हजार जरिवाना गरेको हो ।

लिग कमिटीको सिफारिसमा अनुशासन कमिटीले आरसी-३२ का खेलाडी अनिश श्रेष्ठलाई २ वर्ष तथा बिदुर रिजाल र प्रविन राईलाई १-१ वर्षको प्रतिबन्ध लगाएको छ । उनीहरुलाई एन्फाले आयोजना गरेको वा स्वीकृत गरेको प्रतियोगिता खेल्न प्रतिबन्ध लगाएको हो ।

यस्तै एन्फाले टिम अफिसियल सन्जीव कार्की र टिम म्यानेजरलाई जारी सिजनको लिगका बाँकी खेलमा प्रतिबन्ध लगाएको छ भने अफिसियल रविन चन्दलाई फुटबल प्रतियोगितामा सहभागी हुनबाट एक वर्षको प्रतिबन्ध लगाइएको छ ।

एकेडेमीका सन्चालक रविन सुर्खेत जिल्ला फुटबल संघको नवनिर्वाचित अध्यक्ष समेत हुन् । उनी अन्तर्राष्ट्रिय फुटबलर रोहित चन्दका दाइ हुन् । उनले आसन्न एन्फा निर्वाचनमा मताधिकार प्रयोग गर्न पाउने नपाउनेबारे खुलाइएको छैन ।

लिग अन्तर्गत गत आइतबार एन्फा कम्प्लेक्समा भएको पुल्चोक स्पोर्ट्स क्लबविरुद्धको खेलपछि आरसी ३२ का खेलाडी र अफिसियलले खेलपछि भीआईपी एरियामा गएर म्याच रेफ्री र अफिसियलविरुद्ध हातपातमा गरेको एन्फाले जनाएको छ ।

यस्तै अनुशासन कमिटीले बी डिभिजन लिगमा बाँसबारी क्लबविरुद्ध अनुशासनहिन काम गरेको श्री भगवती क्लबको जरिवना बढाएको जनाएको छ । अब श्री भगवतीले १ लाख जरिवना बुझाउनुपर्नेछ ।

शहीद स्मारक ‘बी’ डिभिजन लिग २०७८ मा बाँसबारी क्लबविरुद्ध चैत ११ गते भएको खेलमा म्याच अफिसियललाई हातपात गरेको भन्दै अनुशासन समितिले श्री भगवती क्लबलाई पनि जरिवाना लगाएको छ ।

बाँसबारी क्लबसँग २–१ ले पराजित भएपछि श्रीभगवती क्लबका पदाधिकारीहरु पिचतिर दौडेर म्याच रेफ्री सुमन श्रेष्ठ र अफिसियललाई हातपात गरेका थिए ।

क्लबका पदाधिकारी राजाराम श्रेष्ठ र विक्रम डंगोललाई एक एक वर्षको प्रतिबन्ध लगाइएको छ भने श्री भगवतीका खेलाडी अनिश श्रेष्ठलाई पनि चैत २४ गतेदेखि लागु हुने गरी एक वर्षको प्रतिबन्ध लगाइएको छ ।

लिग कमिटीले क्लबलाई यसअघि ५० हजार जरिवाना गरेको थियो भने श्रेष्ठ र डंगोललाई क्लबका बाँकी खेल खेल्न नपाउने गरी प्रतिबन्ध लगाएको थियो ।

यसैगरी बैठकले गत चैत २६ गते मध्यपुरविरुद्ध भएको घटनामा नयाँबस्ती युथ क्लबलाई लगाएको ३ लाख रुपैयाँको जरिवाना घटाएर १ लाख ५० हजार रुपैयाँ तोकेको छ ।

यस्तै नयाँबस्ती क्लबका प्रशिक्षक विकास राईलाई ६ महिना र खेलाडी मनोज राईलाई एक वर्ष प्रतिबन्ध लगाउने लिग समितिको निर्णयलाई यथावत राखेको छ । क्लबका पदाधिकारी श्रीबहादुर योगीलाई दुई वर्षको प्रतिबन्ध लगाइएको छ भने टोली व्यवस्थापक विकास राईलाई एक वर्ष निलम्बन गरिएको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?