+
+

लखनउलाई हराउँदै गुजरात आईपीएलको प्लेअफमा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २८ गते ७:०७

२८ वैशाख, काठमाडौं । इण्डियन पि्रमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले लखनउ सुपर जाइन्ट्सलाई ६२ रनले हराएको छ । यस जितका साथ जारी आईपीएलको प्ले अफमा स्थान बनाउने पहिलो टिम गुजरात बनेको छ ।

पहिले ब्याटिङ गर्दै गुजरातले चार विकेटको क्षतिमा १४४ रन बनाएको थियो । शुभमन गिलले अविजित ६३ रन बनाए । यसैगरी डेभिड मिलरले २६ र राहुल तेबतियाले २२ रन बनाए । कप्तान हार्दिक पाण्ड्या भने ११ रनमा आउट भए ।

बलिङतर्फ लखनउका मोहसिन खानले चार ओभरमा १८ रन दिएर १ विकेट लिए ।

१४५ रनको विजय लक्ष्य पछ्याएको लखनउको सुरुवातदेखि नै खराब प्रदर्शन रह्यो । लखनउ १३.५ ओभरमा ८२ रनमा समेटियो ।

क्विन्टन डिकक, दीपक हुड्डा र आवेश खान बाहेक अन्यले दुई अंकको रन पनि बनाउन सकेनन् । कप्तान लोकेश राहुल केबल ८ रनमा आउट भए ।

बलिङतर्फ गुजरातका राशिद खानले ३.५ ओभरमा २४ रन खर्चिएर ४ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?