+
+

बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त मनमैजुबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २८ गते १२:०५

२८ वैशाख, काठमाडौं । प्रहरीले बैंकिङ कसूर मुद्दाका एकजना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

काठमाडौंको टोखा नगरपालिका-२ बस्‍ने २७ वर्षीय रामराज खड्कीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोले काठमाडौंको मनमैजुबाट पक्राउ गरेको हो ।

उनलाई उच्च अदालत पाटनले २०७८ साल चैत २५ गते बैंकिङ कसूर मुद्दामा दोषी ठकर गर्दै ३ दिन कैद र १० लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

उनले पीडीतलाई आफ्नो खातामा पर्याप्त रकम नहुँदाहुँदै जानी जानी झुक्‍यानमा पारेको प्रहरीको दाबी छ ।

पक्राउ परेका उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको ब्यरोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?