+
+

नेपाली महिला टोलीले युगाण्डासँग टी-२० शृंखला खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २८ गते १२:५४

२८ वैशाख, काठमाडाैं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले अफ्रिकी देश युगाण्डासँग पाँच खेलको टी–२० शृंखला खेल्ने भएको छ । नेपाली महिला क्रिकेटकाे इतिहासमै पहिलाेपल्ट टी-२० शृंखला हुन लागेकाे हाे ।

नेपाल क्रिकेट संघ क्यानले युगाण्डासँगको अन्तर्राष्ट्रिय शृंखलाको मिति सार्वजनिक गरेको छ । शृंखलाका सबै खेलहरु त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ ।

आसन्न एसिया कप छनोटको तयारीमा रहेको नेपालले खेलाडीलाई एक्स्पोजरका लागि युगाण्डालाई आमन्त्रण गरेको हो ।

नेपालले शृंखलाको पहिलो खेल असार २ गते खेल्नेछ । असार ३, ५, ६ र ७ गते शृंखलाका खेलहरु आयोजना हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?