+
+

यामाहाको ‘रेजेडआर १२५-एफआई’ स्मार्ट कनेक्ट फिचरसहित बजारमा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २८ गते २२:०३

यामाहाको सर्वाधिक लोकप्रिय स्कुटर रेजेडआर १२५-एफआई स्ट्रिट र्याली भर्सन स्मार्ट ‘एक्स कनेक्ट’ फिचरसहित नेपाली बजारमा प्रवेश गरेको छ । नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले भृकुटीमण्डपस्थित कम्पनीद्वारा वैशाख १५-२१ सम्म आयोजित “महा एक्सचेञ्ज मेला” को अवसर पारी स्कुटर सार्वजनिक गरेको हो ।

यामाहाको रेजेडआर १२५ एफआई विशेषगरी फ्यूल इफिसिएंसीलाई प्राथमिकतामा राखेर बनाइएको स्कुटर भए पनि रेजेड आर-१२५ अव स्मार्ट स्कुटरको रुपमा आएको कम्पनीले बताएको छ ।

‘फ्युल इन्जेक्सन’ (एफआई) प्रविधिको प्रवर्तक यामाहाले गत वर्ष सेप्टेम्बरमा नेपालमा यामाहा रेजेड आर १२५ एफआई पहिलो पटक सार्वजनिक गरेको थियो । कम्पनीको अनुसार रेजेड आर सामान्यतः प्रति लिटर ५८ किलोमिटर माइलेज प्रदान गर्ने बजारमा एक मात्र स्कुटर हो, जसले न्यून इन्धनमा उच्चतम माइलेज प्रदान गरी अन्य स्कुटरको तुलनामा ३ वर्षको अवधिमा ९३ हजार रुपैयाँसम्म चालकलाई बचत गर्न मद्दत पुर्याउने कम्पनीको दाबी छ । उक्त स्कुटरको उच्चतम फ्यूल इफिसियन्सी लिखितमा मात्र दाबी नगरी कम्पनीले नियमित रूपमा र्याली आयोजना गर्ने गरेको बताएको छ ।

स्मार्ट “कनेक्ट-एक्स” फिचर सुरु गर्न एन्ड्रोइड फोन प्रयोग गर्ने चालकले “गुगल प्ले स्टोर” र “एप्पल” को फोन प्रयोग गर्ने चालकले “एप्पल”को “एप स्टोर” मार्फत यामाहाको “कनेक्ट-एक्स” एप डाउण्लोड गरी उक्त एपमार्फत आफ्नो मोबाइलफोन स्कुटरमा कनेक्ट गर्न सक्नेछन् । कम्पनीका अनुसार “कनेक्ट-एक्स” एक्टिभेट गरेपछि चालकहरूले निम्न पाँच सुविधाहरू प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ ।

१. “लोकेट माइ भिएकल” मार्फत् चालकले सहजै आफ्नो स्कुटर ‘लोकेट’ गर्न सक्नेछन् ।

२. “हजार्ड” फिचरमार्फत् आकस्मिक अव्स्थाको बेला स्कुटरको चारै वटा इन्डिकेटरहरू बाली अन्य चालकहरूलाई सूचित गर्न सक्नेछन् ।

३. “राइडिङ हिस्ट्री” मार्फत् स्कुटरसँग गरिएको प्रत्येक यात्राको विवरण हेर्न सक्नेछन् ।

४. “पार्किङ रेकर्ड” मार्फत स्कुटर पार्क गरिएको स्थान सहजै पत्ता लगाउन सक्नेछन् ।

५. स्कुटर लोकेट गर्न नसकिएको अव्स्थामा “एन्सर ब्याक” फिचर सेलेक्ट गर्दा स्कुटरको “इन्डिकेटर” र “हर्न” क्रमशः बल्ने र बज्ने भएकोले स्कुटर सजिलै ‘लोकेट’ गर्न सक्नेछन् ।

गत वर्ष बाइक इन्डिया अवार्डमा ‘स्कुटर अफ द इयर २०२१’ हासिल गरेको यस अल न्यू रेजेड आर १२५ फ्युल-इन्जेक्टेड (Fi) र भारत स्टायाण्डर्ड ०६, एयर-कूल्ड, १२५ सीसी ब्लू कोर इन्जिनका साथ माइलेजमा थप सुधार र शक्तिशाली बनाइएको स्कुटर हो । जसले ६५०० आरपीएममा ८.२ पीएस पावर तथा ५००० आरपीएममा ९.७ एनएम टर्क जेनेरेट गर्छ ।

“काठमाडौं रेजियर्स” फुटबल क्लबको टाइटल स्पन्सर समेत रहेको उक्त स्कुटर “कनेक्ट -एक्स” फिचरपश्चात पनि पहिलेकै मूल्यमा उपलब्ध रहेको यामाहा नेपालका सिईओ राजु क्षेत्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?