+
+

नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला दाङ प्रहरीको नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २९ गते ८:०३

२९ वैशाख, दाङ । नवगठित नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलालाई सोधपुछका लागि दाङ प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई बिहीबार बिहान ४ बजे दाङको भालुवाङबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

पूर्व-पश्चिम राजमार्ग हुँदै बिहीबार नेपालगञ्जतर्फ जाँदै गरेका बास्तोला सहित केही व्यक्तिलाई सोधपुछका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख सुरेश काफ्लेले बताए । बास्तोलाको साथमा सहयोगीहरू राजेन्द्र साउद र अचल मोक्तान पनि छन् ।

बास्तोला संयोजक रहेको नेकपा बहुमतले केही दिन अघिमात्र स्थानीय तह निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको थियो । उक्त पार्टीले निर्वाचन बहिष्कार गरेकाले शान्ति सुरक्षाको विषयलाई लिएर सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरी प्रमुख काफ्लेले बताए । ‘निर्वाचनको बेला हुन सक्ने सम्भावित घटना हुन नदिन, शान्ति सुरक्षालाई ध्यानमा राख्दै उहाँहरुलाई सोधपुछका लागि रोकेका छौं,’ काफ्लेले भने ।

उनी नेपालगञ्जमा पार्टीको कार्यक्रममा सहभागी हुन जान लागेको बताइएको छ ।

(यो समाचार तयार पार्दासम्म नेता धर्मेन्द्र बास्तोला प्रहरी नियन्त्रणमै रहेको तर यसअघि उनलाई प्रहरीले छाडेको भन्ने वाक्यांश परेकाले सच्याइएको छ । सं.)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?