+
+

दाङमा पूर्वमन्त्री बस्नेत चढेको गाडी दुर्घटना, १० जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २९ गते १६:२४
फाइल तस्वीर

२९ वैशाख, दाङ । पूर्वसामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेत सवार गाडी दुर्घटनामा परेको छ ।

सल्यानबाट दाङ आउँदै गरेको गाडी दुर्घटनामा परी बस्नेतसहित १० जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले बताए ।

उनका अनुसार तुलसीपुर उपमहानगर-३ राणा गाउँमा बलेरो र एम्बुलेन्स ठोक्किदा दुर्घटना भएको हो ।

दुर्घटना  हुँदा सांसद बस्नेतसहित चालक रमेश ओली र महेश घर्ती घाइते भएका छन्  भने एम्बुलेन्समा सवार रुकुम पश्चिमका कलिभान खत्री, ७४ वर्षीय विष्णु खत्री, श्यामप्रसाद शर्मा, राधिका शर्मा पुतली खत्री, सुभाष शर्मा र शम्भुप्रसाद शर्मा घाइते भएका छन् ।

घाइते बस्नेतसहित १० जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको डिएसपी श्यामु अर्यालले जानकारी दिए । घाइते सबैको अवस्था सामान्य रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?